काठमाडौं उपत्यका ५० ठाउँमा यही साताबाट हात धुने तथा स्यानिटाईजर स्टेशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ५ गते, बुधबार १७:२४

काठमाडौँ – नेपाल स्काउटले विश्वभर फैलिएको कोरोनाको महामारी विरुद्ध काठमाडौं उपत्यका ५० ठाउँमा यही साताबाट हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ ।

आज नेपाल स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले एक भेलामा उपत्यकामा संचालित ५० भन्दा बढी क्र्युलाई जनचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिनु भएको हो । नेपाल स्काउटका तदर्थ समिती संयोजक लोक बहादुर भण्डारीको अनुसार उपत्यकाका ५० बढी भिड भाड हुने ठाउँमा ३ – ५ जनाको प्रशिक्षित टोलीले हात धुने तरिका सिकाउँदै स्यानिटाइजर उपलब्ध गराएर आम जनतालाई कोरोना भाइरसबारे जागृत गराउने कार्यक्रम एक हप्तासम्म चल्ने छ ।

अभियान अन्तर्गत कोरोनाको लक्षण र त्यसबाट बच्न अपनाउनुपर्ने सावधानी सम्बन्धि पर्चा समेत वितरण गर्ने स्काउटको योजना छ । अभियानबाट कम्तीमा १० लाख जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने नेपाल स्काउटको लक्ष्य रहेको भण्डारीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु