प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

युरोपमा पनि लाखौं मानिसको मृत्यु हुनसक्ने खतरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ६ गते, बिहीबार ०७:३८

६, चैत्र । कोरोना भाइरसबाट अमेरिकामा पाँच दिनमै मर्नेको संख्या दोब्बर बढेको छ । यो अनुपातले त्यहाँ अझ धेरै मानिसको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

एक अध्ययनले अमेरिकामा कोरोना भाइरसको महामारीले २२ लाखको ज्यान जानसक्ने अनुमान गरेको छ । इम्पेरियल कलेज अफ लण्डन कोभिड १९ रेस्पोन्स टिमको अध्ययन प्रतिवेदनले यो अनुमान गरेको हो ।

अमेरिकाले सवधानी अपनाएर कोरोना भाइरसको संक्रमणविरुद्ध कदम चाल्नुका बाबजुद मानिसहरुको मृत्यु नरोकिने भनिएको छ । अध्ययन प्रतिवेदन ह्वाइट हाउसलई एक हप्ता अघि नै हस्तान्तरण दिइसकिएको छ ।

सबैभन्दा बढी जोखिममा निम्न आर्थिक अवस्था रहेका अमेरिकीहरु रहेको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य सुविधाका बाबजुद अमेरिकीहरु झन् जोखिममा रहनुले त्यहाँ त्रास फैलिएको छ ।

युरोपमा पनि लाखौं मानिसको मृत्यु हुनसक्ने खतरा औल्याइएको छ । जर्मनीको आधा जनसंख्या कोरोना भाइरसको संक्रमणमा पर्नसक्ने अनुमान गरिएको छ । एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु