दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ६ गते, बिहीबार १७:२५

काठमाडौं, ६ चैत्र । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारको दाबीमा सत्यता नरहेको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. झाले आशंकित विरामी सबैको परीक्षण भइसक्दा पनि देशमा कोरोना भाइरसको संक्रमित नभएको बताइन् । तर, डा. दिक्षितले ल्याबको क्षमतामाथि नै प्रश्न गरे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि कोरोना भाइरसको संक्रमित नरहेको बताइन् । रोगको सम्भावित लक्षण देखिएका विरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको स्पष्ट पारेकी छिन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले रोगको संक्रमण नभएको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न समेत आग्रह गरिन् । ‘हाल देशमा कसैलाई पनि कोभिड–१९ को संक्रमण छैन’– डा. झाले भनिन्,‘आजसम्म आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ ।’

उनले परीक्षणमा आउने संख्या दिनहुँ बढेपनि कोही पनि संक्रमित नभेटिनु खुशीको विषय भएको बताईन् । यसअघि परीक्षणबाट संक्रमित व्यक्तिसमेत स्वस्थ भइसकेको उनको भनाई छ । झाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न कदम चालिसकेको र परीक्षणबाट कोही संक्रमित भएमा तत्काल उपचारको उपाय अबलम्बन गर्नेगरी तयारीसमेत गरिसकेको विश्वास दिलाईन् ।

उनले भनिन्,‘जनताहरुलाई थप त्रास नफैलाउन म सबैसँग आग्रह गर्दछु । उनले कोरोना भाइरसको बारेमा सबैजना सचेत रहेको देखिइसकेकाले स्वास्थ्यकर्मी, मिडियादेखि स्वयंसेवीले खतरा मोलेर काम गरिरहेको बताइन् । डा. झाले संक्रमण हुन नदिन आवश्यक निर्देशन पालना गर्न पनि सबैसँग आग्रह गरिन् । उनले अहिलेको अवस्था एकदमै अप्ठ्यारो अवस्था भएकोले यस्तो बेलामा मास्कको कालोबजारी नगर्नसमेत आग्रह गरिन् । उनले भनिन्,‘एउटा संक्रमित विरामीले मास्क लगाएमा सयौंलाई सर्नबाट बचाउन सकिन्छ, त्यसैले मास्कको कृत्तिम अभाव सृजना गरी असुरक्षित बनाउने र बन्ने काम नगरौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु