दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

कोरोना संक्रमणको लक्षण देखिएका सबैको परीक्षण गर्ने व्यवस्था गरिसकेका छौं : डा. पाण्डे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ६ गते, बिहीबार १७:४८

काठमाडौं, ६ चैत्र । इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन सबै किसिमका रोकथामका उपाय अपनाइसकिएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले देशभरका अस्पतालमा निमोनियाका विरामीको सूची तयार गरी परीक्षण समेत भइरहेको स्पष्ट पारे । उनले भने,‘हामी सूची लिएर कसैलाई कोरोना भाइरसको संक्रमण भएको छ कि भनेर खोजीसमेत गरिरहेका छौं । संक्रमणको लक्षण देखिएका जो कसैको परीक्षण गर्ने व्यवस्था गरिसकेका छौं ।’

डा. पाण्डेले विज्ञहरुको सल्लाहमा रोकथामको उपाय र भविष्यमा कथंकदाचित् चुनौती आएमा सबै किसिमका तयारी भइसकेको बताए । काठमाडौमा सयभन्दा माथि आइसोलेशन कक्ष निर्माण भइसकेको जानकारी दिँदै उनले भने,‘सबै अस्पतालमा निमोनियाका बिरामीहरु सूची संकलन भइरहेको छ । आफुलाई भाइरसको शंका लागेमा वा समस्या भएमा तथा कुनै समस्याको जानकारी दिन १११५ मा तत्काल कल गर्न आग्रह समेत गर्दछु ।’

उनले डाक्टरको सिफारिस भएमा मात्र कोरोनाको परीक्षण गर्न सकिने बताए । उनले मास्कको अभावलाई दृष्टिगत गरी आवश्यकत्तानुसार उपलब्ध गराउन मास्कको काम फास्ट ट्रयाकमा भइरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु