आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

कोरोना भाइरसको नियन्त्रण गर्नु सबैको साझा दायित्व हो : लामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ६ गते, बिहीबार १७:५४

काठमाडौं, ६ चैत्र । गैरसरकारी संस्था महासंघका अध्यक्ष जित राम लामाले कोरोना भाइरसको नियन्त्रण गर्नु सबैको साझा दायित्व भएको बताए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफुहरु सरकारसँग सहकार्य गरी महामारी नियन्त्रण गर्न तयार रहेको जानकारी दिए ।

सरकारले यसमा जनतालाई विश्वास दिलाउन नसकेको भन्दै उनले सबैको आफ्नो कार्यक्षेत्र सुरक्षित भई ढुक्क महसुस गर्ने वातावरण मिलाइदिन समेत आग्रह गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारले ढुक्क हुनेगरी वातावरण बनाउनुपर्छ । स्वास्थ्यकर्मी, मिडिया र नागरिकलाई कसरी सुरक्षित हुने भन्नेमा तालिम दिन पनि म आग्रह गर्दछु ।’

उनले यो महामारीबाट बच्नको लागि अन्र्तराष्ट्रियस्तरमा गैरसरकारी संस्थाहरुलाई सहयोग माग्नुपर्ने पनि बताए । उनले यसमा समूदाय र सामुदायिक संस्थालाई परिचालित गर्नु सरकार तयार भएमा नागरिक समाज पनि तयार रहेको बताए ।

उनले सरकारको आलोचना भन्दापनि महामारीको विरुद्धमा कसरी लड्ने भन्नेमा सचेत हुनु आजको आवश्यकता रहेको बताए । सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गर्दै उनले यो लडाई जितेमा सारा नेपालीको जीत हुने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु