ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

कोरोनाले गर्दा नेपालीले बैंकको ब्याज र किस्ता पुससम्म तिर्न सक्दैनन् : दिपेन्द्र कँडेल (भिडियोसहित)”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ७ गते, शुक्रबार १९:०३

काठमाडौं, ७ चैत्र । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कोरोना भाईरसको प्रभाव नेपाली अर्थतन्त्रमा समेत परिसकेकोले अब नेपालीहरुले बैंकको ब्याज र किस्ता आगामी २०७७ सालको पुष मसान्तसम्म तिर्न नसक्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै कँडेलले यस्तो बताएका हुन् । उनले अहिलेको कोरोना भाइरसलाई अमेरिकाले सुरु गरेको तेस्रो विश्व युद्धको संज्ञासमेत दिएका छन् ।

नेपालमा कोरोना भित्रिने हो कि भन्ने आशंका गर्दै उनले यसमा नेपाल सरकारसमेत चनाखो भएर अघि बढेको स्पष्ट पारे । एसईईलगायत सबै परीक्षा रद्द गर्नुलाई त्यसले पुष्टि गर्नेसमेत कँडेलको टिप्पणी छ । उनले अहिले मुलुकमा विपद आएकोले सबै दल मिलेर नै अघि बढ्नुपर्नेसमेत बताए । अहिले कोरोनाको संक्रमणबाट जोगिनको लागि विश्वव्यापी रुपमा स्कुल, कलेज, होटल र विमानस्थलहरु बन्द भैसकेको बताउँदै उनले नेपालले पनि सोही अनुसार आफ्नो तयारी गर्नुपर्नेमा जोड दिए । कँडेलले नेपालमापनि त्यस्तै अवस्था भैसकेकाले अर्थतन्त्र ध्वस्त भएको सुनाए ।

विश्वका शक्तिशाली देशहरु अमेरिका, क्यानडालाई समेत कोरोनाका कारण आर्थिक रुपमा खराब अवस्था आएको र अर्थतन्त्र नै ध्वस्त भएको उल्लेख गर्दै नेपाल त आर्थिक रुपमापनि धेरै सानो देश भएकोले पूर्व सावधानी अपनाउनु जरुरी रहेको सुनाए । उनले सरकारले आवश्यक पूर्व तयारी अपनाउनु पहिलो कर्तव्य हुने सुझाए । उनले भुकम्प जाँदा नेपालमा कस्तो अवस्था थियो ? भन्दै त्यतिवेलाको कहालीलाग्दो अवस्थाको समेत स्मरण गराएका थिए । सरकारले आवश्यक परे फिस्कल पोलिसीसमेत परिवर्तन गरेर अघि बढ्न सक्ने उनको तर्क छ ।

सरकारले आफ्नो जनतालाई केही राहतका कार्यक्रमहरु समेत घोषणा गर्नुपर्ने हुनसक्ने तर्क पनि उनले सुनाए । उनले कोरोनाकै कारण नेपालको अर्थतन्त्र ध्वस्त भैसकेकाले अझै भयावह हुन नदिनको लागि नेपाल सरकार र निजी क्षेत्र मिलेर जनताका लागि राहतका कार्यक्रम घोषणा गर्नुपर्ने बताए । अब विदेशमा रहेका नेपालीहरुसमेत कोरोनाको प्रभावमा परेकोले रेमिट्यान्स पनि नेपालमा नआउनेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

सरकारले नेपाली जनतालाई बाच्नको लागि उच्च मनोवल बनाउनपनि केही कदमहरु चाल्नुपर्ने पनि उनले सुझाव दिए । अहिलेपनि ९० प्रतिशत नेपाली व्यवसायीहरुले बैंकबाट ऋण लिएको सुनाउँदै उनीहरुले यस्तो अवस्थामा कसरी समयमै किस्ता वा ब्याज तिर्न सकन्छन् त ? भन्दै कँडेलले प्रश्न समेत गरे । त्यस्तै, उनले मासिक रुपमा नियमित तिर्ने भ्याटसमेत तिर्न नसक्ने अवस्था आएको सुनाउँदै कम्तिमा २०७७ सालको पुस मसान्तसम्मको लागि तिर्न नपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

बाँकी भिडियोबाट :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु