शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ९ गते, आईतवार १४:०१

काठमाडौं, ९ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् । सरकारले खाद्यान्नको पर्याप्त स्टक राखेको उनको भनाई छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्नेपनि तयारी छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे । उनले भने,‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन् । यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गर्न सक्छन् । हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं । कोहीपनि कर्मचारी विदामा नबसी फिल्डमा खटिनुभएको छ ।’

खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीको कुनै अभाव नहोस र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति समेत हिजो गठन भएको उनले जनाए । उनले भने,‘त्यो समितिमा तीनवटै सुरक्षा निकायका प्रतिनिधि हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, चेम्बर अफ कमर्स, सिएआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि हुनुहुन्छ । हामी विशेष तयारीका साथ काम गरिरहेका छौं ।’

मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्नेपनि सुनाए । उनले भने,‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं ।’ उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए । उनले भने,‘मिडियाले पोजिटिभ मेसेज दिईरहनुभएको छ। तर, सामाजिक सञ्जालमा कतिपयले नेगटिभ मेसेज पनि दिईरहेका छन् । त्यसलाई कन्ट्रोल गर्नुपर्छ ।’ उनले सबैले आफ्नो तर्फबाट सकारात्मक सुरुवात गर्न खाँचो रहेको पनि औंल्याए । उनले भने,‘हात नियमित धुने, एक मिटर पर बस्ने, टिस्यु पेपर प्रयोग गर्ने, ज्वरो आए र शंकास्पद त्यस्तो केही देखिए नजिकको हस्पिटलमा लैजानुपर्छ । हामीले अहिले जनचेतना बढाउनुपर्छ ।’

उनले अहिले नेपालमा खेतीबारीमा लगाएका उत्पादनहरु भित्रिनेपनि समय रहेको सुनाउँदै खाद्यान्नको कुनै अभाव नहुने र आफूहरुसँग पर्याप्त स्टक रहेको पनि सुनाए । उनले भने,‘हामीसँग पर्याप्त मात्रामा स्टक छ । साल्ट ट्रेडिङको गोदाममा गएर हेर्नुहोस् । नेपाल खाद्यमा पनि हेर्न सक्नुहुन्छ । हामीले सुपथ मुल्यका पसलहरु पनि सञ्चालन गर्दैछौं । ३–४ ठाउँबाट ग्याँस पाउँछ ।’

उनले सुरक्षाकर्मीहरु र अस्पतालमा खटिने कर्मचारीहरुको लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए । उनले भने,‘हामीले अत्यावश्यक वस्तुको व्यवस्थापन गरेका छौं ।’ उनले हरेक नागरिकले अनुगमन गर्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘उपभोक्ता ऐन आईसकेको छ । अब सबै नागरिकले कडाईका साथ अनुगमन गर्नुपर्छ ।’

कालोबजारी र अभाव गर्न खोज्नेहरुलाई तीन लाख र हदैसम्मको ५ वर्षसम्मको कैद गरिने उनले स्पष्ट पारे । उनले भने,‘बदमासी गर्न खोज्नेहरुलाई सबैले कारबाही गर्नुपर्छ । त्यस्तो गरेको पाए सुचना दिनुहोस् । हामी कारबाही गर्छौं ।’ उनले सरकारले क्षमताभन्दा बढि नै आपूर्ति व्यवस्था गरेको सुनाए । उनले भने,‘सबैको सहयोग भयो भने हामी आपूर्ति लगायतका समस्या समाधान गर्न सफल हुन्छौं ।’ उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सुचना दिनसमेत आग्रह गरे । उनले भने,‘११३७ मा फोन गर्नुहोस् । हामी व्यवस्थापन गर्छौं ।’ उनले यो बीचमा ६० देखि ७० लाख राजश्व उठेको सुनाउँदै गलत गर्नेहरुलाई कारबाही गरिएको पनि स्पष्ट पारे ।

उनले सरकारले गलत गर्ने कसैलाई नबचाउने स्पष्ट पारे । उनले भारतबाट ठूलो संख्यामा आवातजावत भएको प्रसँगमा यसबारेमा भारतसँग कुटनीतिक पहल गर्ने विश्वास दिलाए । उनले भने,‘जो जुन मुलुकमा हुनुहुन्छ, त्यहीँ बसौं । देशलाई संकटबाट बचाउँ । यसबारेमा भएको कमजोरीको समिक्षा गर्नुपर्छ । हामी समिक्षा गर्छौं । भारतसँगको सीमा अझै व्यवस्थित् गर्छौं । त्यहाँ सुरक्षा जनशक्ति थप्ने कुरा भएको छ ।’

उनले मास्क अहिले बाहिरबाट पनि आईरहेको र नेपालमा उत्पादन क्षमतापनि बढाएको सुनाए । उनले भने,‘हाम्रो उत्पादन क्षमता कम छ । तर, माग बढि छ । हिजोको दिनमा २५ हजार खपत हुन्थ्यो,अ हिले अत्यधिक माग बढेको छ । डिमाण्डअनुसार प्रोडक्सन भएको छैन् । तर, अहिले हामीले क्षमताभन्दा बढि उत्पादन भैरहेको छ ।’

उनले अहिलेको लडाई सबैले एकजुट भएर लड्नुपर्ने बताए । उनले भने,‘सरकारले एकपछि अर्को तयारी गरेको छ । विभिन्न मुलुकले कसरी काम गरिरहेका छन् भन्ने कुरापनि हामीले हेरेका छौं । विशेषगरि चीनमा कोरोनाविरुद्ध कसरी लडियो भन्ने कुरापनि हामीले हेरेका छौं । भारतपनि कसरी लडिरहेको छ भन्नेपनि हेरिरहेका छौं । युरोप किन लड्न सकेन ? यी सबै कुरा हेरेर हामीले एकपछि अर्को तयारी र कदम चालेका छौं ।’

उनले अहिले ‘जो जहाँ छौं, त्यहीँ बसेर’ सरकारलाई सहयोग गर्नुपर्ने पनि बताए । उनले आवश्यक पर्दा देशलाई ‘लक डाउन’ गरेर कोरोनाविरुद्ध लड्नुपर्ने अवस्था भएकोले सबै नेपालीले यसलाई आत्मसात् गर्नुपर्ने पनि स्पष्ट पारे । ‘हिजो भित्रिएको विदेशबाट आएको भीडलाई सरकारले निगरानी गरेको छ । त्यसको कारण पनि खोतल्छौं । अब त्यसरी भीड आउन नदिन सरकार संवेदशनील छ । सीमा नाकामा खटिएका सुरक्षा निकायसँग समन्वय गरिरहेका छौं ।

उनले यो दुई तीन दिन सुदुरपश्चिम र पुर्वको नाकाबाट आवातजावात बढि नै भएको उल्लेख गरे । उनले भने,‘गड्डाचौकी नाकाबाट ठूलो भीड आएको देखिन्छ । हाम्रो तयारी जुन थियो, त्यहाँ अलिक ठूलो भीड आयो । त्यसले समस्या पैदा गर्यो । त्यो भीडलाई नियन्त्रण गर्न नसकिएको कुरा पनि देखियो ।’ भारतबाट ठूलो संख्यामा नेपाल आउने भीडालाई ध्यानमा राखेर आफूहरुले अब नेपाल आउन नदिन भारत सरकारलाई कुटनीतिक माध्यमबाट आग्रह गरिएको सुनाए ।

‘भोलि केहीगरि कोरोना भित्रिएर बजारमा खाद्यान्न अभाव भयो भने सरकारले केह गर्न सक्दैन् होला भनेर आम नागरिक ढुक्क छैनन् । तर, त्यस्तो अवस्था आयो भने सरकारले घरघरमै खाद्यान्न पुर्याउनेगरि गृहकार्य गरेको छ ।–उनले थपे । ‘मन्त्रालयका कर्मचारी कोही पनि विदा बस्न पाउँदैनन् । देशभरिकै आपूर्ति व्यवस्था सहज बनाउनको लागि स्वास्थ्य, गृह, उपभोक्ता संरक्षण हित, आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायतसँगको समन्वयमा काम भैरहेको छ । कहाँ कति चाहिन्छ ? भन्ने कुरा पनि आँकलन गरेका छौं । यदि अभावको अवस्था आयो घरदैलोमा ढुवानी गर्ने व्यवस्था गरेका छौं । ’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु