वैश्विक महामारी काेराेनाकाे संक्रमणविरुद्ध एकजुट हुन अपील गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाे शब्द–संगीतमा गीत आउँदै।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ९ गते, आईतवार २०:०४

काठमाडौ ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारिएको छ।
‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ।
बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो। शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गरिनेछ।
साथमा तस्वीरहरू र गीतको शब्द पठाइएको छ।
शब्द र संगीतः विश्वप्रकाश शर्मा
एरेन्जरः मनोहर सुनाम
रेकर्डिस्टः भोला पौडेल
स्टुडियोः साउन्ड डिजाइन, नक्साल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु