• भारत बस्ने नेपालीलाई अध्यक्ष पाण्डेको अपिल पत्र

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १०:०५

    बिश्वमा अहिले कोरोनाको महामारी फैलिरहेको छ । हामीहरु आफ्नो मातृ भुमि छोडेर विभिन्न देशहरूमा अध्ययन, पेशा, व्यावसाय र रोजगारीको शिलशिलामा छौ । हामी नेपालमा बाढी पहिरो भुकम्प लगायतका प्राकृतिक बिपत्तिमा हामी आफ्नो मातृ भुमिलाई हृदय देखि नै सहयोग गर्दै आएका छौ तर अहिले हामी हरु नै जोखिम अवस्थामा छौं कोरोना भाइरस कोविड-१९ को महामारिले विश्वव्यापी रुपमा सन्त्रास उत्पन्न गरि यसको असर भारतमा पनि दिनानुदिन द्रुतगतिमा फैलिरहेको छ I यस महामारीको कारण लाखौ मानिसहरुको जनजीवन कष्टमय हुनको साथै दयनीय बन्दै गैरहेको छ I यस संकटको घडिमा बिश्वभरि छरियर बसिरहेका आम नेपाली नागरिकहरुले संयमता राखी सुरक्षित स्थानमा रही यसको संक्रमण बाट बच्न सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी हरुलाई हार्दिक अनुरोध गर्दछौ I

    विश्वव्यापी रुपमा फैलिरहेको यस महामारीको नेपाली जनसम्पर्क समिति भारत यस परिस्थितिमा भारतमा बसोबास गर्न नेपाली नागरिक हरुलाई आफ्नो स्वास्थयको प्रत्याभूति महसुस गरि उच्च सतर्कताका साथ यसको संक्रमणबाट जोगिन अनुरोध गर्दछौ साथै यस समन्धित कसैलाई पनि कुनै किसिमको जानकारी , शंका वा समस्या देखापरेमा एकदमै सतर्कताका साथ स्वास्थय निकायमा जांच गर्न आग्रह गर्दछौ Iविगतको केहि दिनदेखि कोविड-१९ महामारी बाट त्रसित भएर नेपाल जानेको संख्या लगातार बडिरहेकोले कृपया नेपाल भित्रिनु पुर्व आफ्नो राम्रोसंग मेडिकल जांचबुझ गरेर जान अनुरोध छ नत्र भने नेपालमा यस महामारीको जोखिम भित्रिने सम्भावना धेरै रहेको छ I यस दुखद घडीमा बिस्व भरि रहेका नेपाली जनसम्पर्क समिति हरुको माध्यमबाट बिस्वभारिका नेपालीहरुको लागि हाम्रो संगठन सदैव प्रवासमा नेपालीको हितमा रहेकोले र आज यस संकटको घडीमा भारतभरिमा कुनै पनि नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई जानकारी समस्या वा शंका भयमा हजुरहरुको समन्धित ठाँउमा हाम्रो संगठनका जिम्मेवार साथीहरुलाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दै संगठनबाट सदैव सक्दो सहयोग गर्ने प्रतिबध्ता गर्दछौ । । जय नेपाल ।
    नेपाली जनसम्पर्क समिति भारत सम्पूर्ण परिवार /
    सम्पर्क : केन्द्रिय अध्यक्ष , बालकृष्ण पाण्डे 91-9958322539
    केन्द्रिय महामन्त्री नारायण भुसाल 91-8699277009
    देवेन्द्र बोगटी (हैदराबाद )- 09441300943 शिव बलायर (चनैई )-08122969648
    सुनिता कुँवर (देल्ही) -08826755047 लोकमणि घिमिरे (भोपाल )-09826507327
    खुम प्रसाद काफ्ले (चंदिगढ़ )-918872414228 विराज क्षेष्ट (पुना )-91-9890186610
    मिन बोहरा (मुम्बई )-07021241759 बिमल बिष्ट (बेन्लुर )-08296408038
    राम बहादुर कार्की(कलकत्ता ) 91-7003779926
    सुमित्रा थापा जबल पुर -918962919734

    (बालकृष्ण पाण्डे) अध्यक्ष
    एव ने.का. केन्द्रिय आमन्त्रित सदस्य

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु