नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

आज सम्म कोरोना भाईरसको संक्रमणमा परि १४ हजार ६ सय ५४ जनाले ज्यान गुमाए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १० गते, सोमबार १०:३३

काठमाडौं । विश्वमा कोभिड १९ (कोरोना भाईरस)को संक्रमणमा परि १४ हजार ६ सय ५४ जनाले ज्यान गुमाएको छ ।
निरन्तर लाईभ अपडेटमा रहेको ओरल्डोमिटर्सको तथ्याङ्क अनुसार सोमबार बिहानसम्ममा १४ हजार ६ सय ५४ जनाले ज्यान गुमाएको हो । उक्त तथ्याङ्क अनुसार हाल संक्रमितको संख्या भने ३ लाख ३७ हजार ५ सय ३३ जना पुगेको छ । आईतबार बिहानसम्म संक्रमितको संख्या ३ लाख ८ हजार २ सय ५७ जना मात्रै रहेको थियो ।
त्यस्तै माहामारीको रुप लिएको कोभिड १९ बाट ९८ हजार ८ सय ८४ जना निको भएर घर फर्किसकेका छन । आईतबार बिहानसम्म घर फर्कनेको संख्या ९५ हजार ८ सय २७ जना रहेको थियो ।
चीनको वुहानबाट सुरु भएको उक्त भाईरसले सबै भन्दा बढी इटालिमा मृत्यु भएको छ । इटालिमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ जना रहेको छ भने उद्गमस्थल चीनमा ३ हजार २ सय ७० जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै तेस्रोमा रहेको स्पेनमा १७ सय ७२ जनाले ज्यान गुमाईसकेको छ । आईतबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ८१ जना रहेको थियो । आईतबार बिहानसम्म इरानमा १५ सय ५६ जनाले ज्यान गुमाएको थियो भने सोमबार बिहानसम्ममा उक्त संख्या बढेर १६ सय ८५ जना पुगेको तथ्याङ्कमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु