• फ्रान्सबाट फर्किएकी १९ वर्षिया नेपाली विद्यार्थीमा कोरोना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १२:४९

    काठमाडौं, चैत्र १० – चैत्र ४ गते फ्रान्सबाट फर्किएकी एक जना १९ बर्षिया नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पार्इएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सबाट फर्किएकी एक नेपालीमा कोरोना पोजिटभ भएको जानकारी दिएको हो ।मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले टेकुको केन्द्रीय प्रयोगशालाको परीक्षणमा नै यस्तो पाइएको जानकारी दिए ।

    आइसोलेसनमा राखेर शुक्रराज ट्रपिक सरुवा रोग अस्पतालमा उनको उपचार भैरहेको डा देवकोटाले जनाए । १९ वर्षीय युवतीका परिवारलाई पनि निगरानीमा राखेर नमुना परीक्षण गराउने तयारी भैरहेको समेत देवकोटाले पत्रकार सम्मेलन माझ जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु