काठमाडौँ – लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा “कोरोना भाईस” बोलको गीत सार्वजनिक भएको छ । पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयं खातीको संगीत रहेको कोरोना भाईरस गीत जनचेतनामुलक गीत हो ।
अहिले विभिन्न माध्यमबाट कोरोनासम्बन्धि जनचेतना जगाउने कामहरु शुरु भईरहेको छ । यहिक्रममा कोरोना भाईरस गीतपनि बजारमा ल्याइएको हो ।
विश्वभरी १३ हजार बढिको ज्यान लिईसकेको कोरोनाको संक्रमणबाट कसरी जोगीने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी केकस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुँलन्देकी आमा, राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ ।
गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।