• रेडियो सन्जिवनिका सबै कार्यक्रम स्थगित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १८:३५

    सन्तोष केसि (कार्यक्रम सयोजक)
    चैत्र १० दाङ
    दाङको तुलसिपुरबाट प्रसारण भैरहेको रेडियो सन्जिवनि एफएमले कोरोना रोगबाट बच्न एक दर्जन बढि रेडियो कार्यक्रमहरु स्थगित गरेको छ ।
    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सन्चारकर्मि र रेडियोकर्मिले पनि उच्च सतर्कता अपनाउनु पर्ने भन्दै रेडियोका करिब एक दर्जन बढि साङगीतक कार्यक्रमहरु स्थगित गरेको रेडियोका स्टेशन म्यानेजर शरद रेग्मीले जानकारि दिनुभयो ।
    रेग्मीका अनुसार सुचना,समाचार र अन्तर्बाताका कार्यक्रमहरु भने नियमितरुपमा सन्चालन हुने छन ।
    जिल्लाका आधादर्जन बढि अब्बल पत्रकारहरुले सन्चालन गरिरहेको यस क्षेत्रको लोकप्रिय सन्जिवनि एफएम बिहान ५ बजेदेखि राति ११ बजे सम्म नियमितरुपमा सन्चालन भैरहेको छ ।
    देशमा कारणबस बिषम परिस्थिति उत्पन्न भयो भने चौबिसैघण्टा प्रसारण गरेर जनतालाई पलपलका सुचना सम्प्रेसन गर्न समेत आफुहरु तयार रहेको समाचार प्रमुख बिमल गौतमले जानकारि दिनुभएको छ ।
    स्टेशनमा भिडभाड हुने भएपछि दिनहु प्रसारण हुदै आएका सागितिक कार्यक्रमहरु अर्को सुचना जारि नभएसम्म स्थगित गरिएको जानकारि दिदै यसबाट श्रोता एबम दर्शकहरुमा पर्न गएको असुबिधाप्रति क्षमाप्राथि छौ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
    साथै कार्यालयमा सबैजना कर्मचारिका लागि मास्क र साबुन पानिले हातधुने ब्यबस्थापन गरिएको छ ।
    रेडियोले बिगत एक हप्ता अघिदेखि कोरोनाबाट बच्ने उपाए र अपनाउनुपर्ने साबधानि सम्बन्धि सामाग्रिहरु नियमितरुपमा प्रसारण गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु