दोहा / कतारमा ब्लड क्यान्सरबाट पिडित भएका कतारका पुराना व्यवसायी एवं समाजसेवि प्रकाश गुरुङ्गलाई नेपाली व्यवसायी संघ कतारको पहलमा कतारमा रहेका नेपालीहरुले १५ लाख नेपाली रुपैयाँ बराबर सहयोग गरेको छ गुरुङ्ग केहि पहिलेदेखि नेसनल सेन्टर फर क्यान्सर केयर एण्ड रिसर्च (हमाद हस्पिटल) दोहामा उपचाररत थिए । कतारमा रहेका नेपाली व्यवसायीहरुलाई एकताको सुत्रमा बाधेर मर्यादित र सफल व्यवसायी बनाउने उदेश्यले स्थापित नेपाली व्यवसायी संघ कतार र एनआरएनएको पहलमा लामो समयदेखि कतारको हमाद हस्पिटलमा ब्लड क्यान्सरको उपचार गराई रहेका गुरुङ्गलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
कास्किका गुरुङ्ग सन् १९९६ देखि कतारमा व्यवसाय सन्चालन गर्दै आएका थिए र उनि सफल नेपाली ब्याबसायिको रुपमा समेत रहेका थिए । पछिल्लो समयमा विविध समस्याले व्यवसाय धरासायी भएको र अझै त्यसमाथि ब्लड क्यान्सर जस्तो जटिल रोगले च्यापेको हुँदा उनी विगत ३ महिना देखि हमाद अस्पतालमा उपचार गराई रहेका थिए । हाल उनको पारिवारीक सदस्य कतारमा कोही पनि नभएको र सकेको छिटो स्वदेश फिर्ता भई बाँकि समय परिवारसँग विताउन चाहन्छन गुरुङ्ग तर उनि आर्थिक र कानुनी जटिलताले निकै ठूलो उल्झनमा रहेपछि कतारमा रहेका नेपालीहरुले सहयोग जुटाएका हुन् । गुरुङलाई समस्या परेपछि कतारी रियाल ४८ हजार १ सय ७६ हस्तातरण गरिएको हो उक्त रकम हस्तान्तरण गर्दै नेपाली ब्याबसायी संघका अध्यक्ष महेन्द्र चम्लागाईले गुरुङ्गलाई एक व्यवसायी भएकाले मात्र नभई धेरै समस्या एकै पटक परेको हुँदा र तत्काल नेपाल गई परिवारसंग भेट हुन समेत असहज भएको हुदा ब्याबसायी संघले सहयोग गरेको बताए । चम्लागाईले गुरुङ्गको स्वास्थ्यलाभको कामना गर्दै यतिबेला उनलाई मनोबलको निकै खाँचो रहेको महसुस गरेर यस प्रकारको सहयोग र सहकार्य गरेको बताए ।
ब्लड क्यान्सर जस्तो भयानक रोगले लामो समयदेखि ग्रसित रहेका गुरुङ्गलाई उपचारका लागि जत्ति समस्या परिरहेको थियो, त्यतिनै असहज उनलाई नेपाल जानका लागि कानुनि जटिलता समेत रहेको संघका महासचिव रमेश भट्टले बताए । भट्टले भने ‘हामिले उपचारको लागी लाग्ने खर्च मात्र नभई कानुनी जटिलतालाई पनि सहजिकरण गर्ने कोशिसमा जुट्यौ र जुन लगभग पूरा भएको छ भट्ट सबै सहयोगी हातहरुलाई धन्यबाद समेत दिए ।
संघका सल्लाहकार एवं गैर आवासीय नेपाली संघ(एनआरएनए)मध्यपूर्व संयोजक प्रविन गुरुङ्गले आशन ग्रहण र खादाले सम्मान लिदै ठूला भाषणले मात्र समाज सेवा नहुने बताउदै सहयोगी मनहरुलाई धन्यबाद दिए उनले भने प्रकाश गुरुङ्ग दाई आफ्नो मात्रै नभएर कतारको पनि अभिभावक भएको र उनि कानुनी जटिलतासँगै पारिवारीक समस्याले समेत बल्झिएका एक नेपाली हुन् उनलाई सहयोग गर्नु हामी सबैको कर्तव्य पनि हो । गुरुङ्ग यस अभियानमा खटिने मुख्य पात्रहरुमा पर्छन उनीसंगै ब्याबसायी संघको महासचिब एवं एनआरएनए आइसिसि सदस्य रमेश भट्ट ,प्रबासी नेपाली एकता मंचका अध्यक्ष चानक पोखरेल, डा देवकाजी डंगोल , एनसीसी कतारका उपाध्यक्ष उत्तम गुरुङ्ग ,हरि पुन लगाएतका व्यवसायीहरुले आफ्नो काम नै छाडेर गुरुङ्गको सहयोगको लागी खटिएका थिए।
नेपाली ब्याबसायी संघका उपाध्यक्ष एवं एनआरएनएका मध्यपूर्व यूवा संयोजक राज रेग्मीले यो सहयोग गर्नु हामि सबै नेपालीको दायित्व भएको बताए उनले भने पहिले गुरुङ्गलाई कानुनी जटिलता मात्र थियो, व्यवसाय गर्ने क्रममा यस्ता समस्या आउने गर्छन तर अहिले उनको स्वास्थ्य अवस्था पनि निकै जटिल देखिएकोले सहयोगको लागि सबै एकजुट भएका हौं । यसैगरी सबैले हातेमालो गरी यो जटिलतालाई टारिएको छ । एकता नै बल हो कतारमा रहेका हामी सबै ब्याबसायी सधैँ एकिकिर्त हुनुपर्छ र एस्ता भैपरी आउने समस्याहरु समाधान गर्दै अगाडी बढनुपर्छ रेग्मीले बताए ।
ब्याबसायी संघ र एनआरएनएको अग्रसरतामा उक्त रकम संघका अधिकांश सदस्य तथा विभिन्न सामाजिक संस्थाहरुबाट उठाईएको हो । यसरी सहयोग गर्ने अन्य संस्थाहरुमा बाग्लुङ्ग सेवा समाज कतार , तमु गरुङ्ग समाज कतार , तेलु समाज कतार लगाएत रहेका छन् । सहयोगको याचाना सबै संग गरिएको भए पनि अझै अपेक्षा अनुसारको सहयोग आउन नसकेको संघले बतायो । गुरुङ्गलाई अझै कम्तिमा २५ हजार कतारी रियाल आवस्यक रहेको संघले जनाएको छ । यसका लागि सकेको छिट्टो सहयोगको लागि कतारमा रहेका मनकारी नेपाली समुदायमा संघले आग्रह गरेको छ । संघले आफ्नो आग्रहलाई सम्मान गर्दै सहयोग गर्ने सबै सहयोगी हातलाई धन्यबाद दिएको छ ।
सोमबार संघका अध्यक्ष महेन्द्र चम्लागाई, संघका उपाध्यक्ष एवं एनआरएनए मध्यपुर्ब युवा संयोजक राज रेग्मी, महासचिब एवं एनआरएनए आईसिसि सदस्य रमेस भट्ट, संघका सल्लाहकार एवं एनआरएनए मध्यपुर्ब संयोजक प्रविन गुरुङ्ग,संघका सल्लाहकार डा. देवकाजी डंगोल,एनआरएनए एनसिसी कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ्गले हमाद हस्पिटलमै गएर प्रकाश गुरुंगलाई भेटि उक्त रकम हस्तान्तरण गर्दै स्वास्थ्य लाभको कामना गरे केहि दिन पहिले पनि गुरुंगलाई केहि रकम प्रबासी नेपाली एकता मंच कतारका अध्यक्ष चानक पोखरेल,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले , विश्व साइकलयात्री यासिन मामा,कतारको पहिलो महिला लिमोजिन चालक मिना थापा क्षेत्रि हमाद अस्पतालमै गई हस्तान्तरण गरेका थिए |