देशभक्ति गीत
आपत् पर्दा मेरी आमा, त्यही बाँझाे खेतबारी
महामारी राेग लागे नि, दैव शत्रु जे लागे नि
पुग्नु पर्ने लुगाफाटाे जायजेथा, पाेकाे पारी
प्रकृतिलेे सिर्जिएकाे आफ्नै गाउँ, ढुक्क छहारी
अलिकति गरीवीले, पिल्सिएर हाेला ।
अभाव र समस्यामा, जहानबच्चा पाल्न
तल्लाघरे रामेश्यामे, विदेशिएका हाेला ।
सुसाएर आउनु छिट्टै, भन्छ सल्लाघारी
आपत् पर्दा………
…………………….
काेशी, राेशी, त्रिशुलीले, बगाऊँन् राेगव्याधी
फड्के तुइन तर्न जाेखिम, बन्नुपर्छ पुल
स्वच्छ हावा छैन चाप, मेरी आमा डाँडामाथि
आपत् परी आएँ हटाेस्, गरीवी याे पाखाभरि
आपत् पर्दा………….
………………………..
मैँ खेलाउँला यहाँ माटाे, जति पढेलेखे पनि
छिमेकीले जेजे गरे घरकाे धेरै तला, थपे पनि
मेरी आमा नियाउरी छिन्, मुखैभरि खाेपिल्टा छन्।
अाएँ अामा जन्मघरअन्ततिर, जे भए नि माया मारी
अापत् पर्दा…………..
…………………………..