नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

तत्काल सेना परिचालन गर्न ई. दिपेन्द्र कँडेलको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ११ गते, मंगलवार १८:२५

काठमाडौं, ११ चैत्र । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले सरकारले तत्काल नेपाली सेनालाई प्रयोग गर्नुपर्ने पनि तर्क गरेका छन् । उनले कोरोनाको पोजिटिभ केश देखिईसकेको र सरकारले दिएको निर्देशन जनताको तहबाट अवेज्ञा भएको बताउँदै सरकारले कठोर कदम चाल्नुपर्ने पनि आवश्यकत्ता औंल्याएका छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले सरकारले तत्काल नेपाली सेनालाई प्रयोग गर्नुपर्ने पनि तर्क गरेका छन् । उनले तत्काल गर्नुपर्ने काम र दिर्घकालिन रुपमा गर्नुपर्ने कामको सुझावसमेत सरकार र आम नागरिकसामू अघि सारेका छन् । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने र सचेतना अपनाउनुपर्ने सुझाव दिएका छन् ।

कँडेलले अहिले नेपाल सामाजिक तथा आर्थिक रुपमा पनि जटिल अवस्थामा रहेको सुनाए । उनले थपे,‘यो बेला सबै नेपाल सरकार, निजी क्षेत्र, नागरिक समाजका अगुवा, सामाजिक अभियन्ता अझ बढि सचेत हुनुपर्छ । निःस्वार्थ काम गर्नुपर्ने देखिन्छ । आज दोस्रो पटक कोरोना देखिनु र यो अगावै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आजैबाट लक डाउन गर्ने निर्णय गर्नु कोरोनासम्बन्धीको तयारी सरकारको दुरदर्शी तथा प्रभावकारी कदम हो भन्ने कुरा प्रमाणित हुन्छ । त्यसर्थ, नेपाल सरकारका सबै निर्णय जनताले अक्षरंश पालना गर्नुपर्छ । यसमा कसैले पनि बेवास्ता गर्नुभएन् ।’

पब्लिक ईनोभेटरको नाताले उनले नेपाल सरकार र नेपालीलाई केही सकारात्मक सुझावहरु पनि अघि सारेका छन् ।

तीमध्ये महत्वपूर्ण सुझाव यस्ता छन् ः

१. अविलम्ब नेपाली सेना परिचालन गर्नुपर्छ । सडकमा सेना निकाल्नुहोस् ।

२. अत्यावश्यक कर्मचारुीबाहेकलाई विदामा बस्न राख्नुपर्छ । विद्युत, खानेपानी, स्वास्थ्य, आपूर्तिबाहेक अन्य निकायका सबै कर्मचारीहरुलाई अनिवार्य विदामा राख्नुपर्छ । सडक विभागका ईन्जिनियरको काम के छ ? खेलकुद मन्त्रालयको काम के ? पर्यटन मन्त्रालयको काम के ?

३. सबै लकडाउन गर्नुपर्छ ।

उनले भनेका छन्,‘अहिले पनि हार्डवेयर खुलेको देखेको छु । आर्मी परिचालन गरेर भीड नियन्त्रण गर्नुपर्छ । आजपनि काठमाडौंमा सवारीको ठूलो चाप छ । जताततै जाम छ भन्ने कुरा आएको छ । कतिपय स्थानमा त मैले पनि देखेको छु ।’

४. आन्तरिक उडान बन्द

कँडेलले नागरिक उड्ययनको सवालमा समेत केही जिज्ञासा राखेका छन् । उनले भने,‘आजको आजै आन्तरिक उडान बन्द गर्नुपर्छ । प्लेन चढ्नलाई ट्याक्सी चढ्नुपर्ला अनि आन्तरिक उडान खुल्ला राख्दा कसरी लकडाउन सफल हुन्छ ? लकडाउन जमिनमा मात्रै होईन, आकाशमा पनि गर्नुपर्छ । यसप्रति जिम्मेवार निकाय र यसका प्रमुखको अविलम्ब ध्यान जाओस् । जनस्वास्थ्यप्रति कसैले खेलबाड गर्न मिल्दैन् । यदि गर्ने चेष्टा गर्नु भनेको महाअपराध हो ।’

५. साना गाडीलाई रोक

साना गाडीलाई अत्यावश्यक कामबाहेक निजीलाई पनि रोक लगाउनुपर्छ । भोलिका दिनमा एम्बुलेन्सको रुपमा प्रयोग गर्नुपर्ने दिन आउन सक्छ ।

६. दैनिक ज्यालादारीमा काम गर्नेहरु

दैनिक ज्यालादारीमा काम गर्नेहरु अहिले बेरोजगारी भएका छन् । उनहिरुको गाँस, बाँसको व्यवस्था गर्ने नीति बनाउनुपर्छ । यदि यस्तो व्यवस्था गरिएन भने काठमाडौंमा भोकमरीको अवस्था आउन सक्छ । शहरमा लुटपाट, डकैती र चोरीजन्य क्रियाकलाप हुनसक्छ ।

७. बैंक बाट पैसा निकाल्नु

उनले बैंकबाट सबै रकम निकालेर सुरक्षित राख्न आग्रह गरेका छन् । उनले भने, ‘साना पसलमा कार्ड चल्दैनन् । यसको भर पर्दा भोलि खान नपाईएला । उपचार गर्न नसकिएला । सबै कुराको ध्यान अहिले नै दिनुपर्छ । सरकारले कोरोनाको उपचार गर्छ । भोलि अन्य रोग, मिर्गौला फेल होला । मुटु रोग लाग्ला । यसको उपचार त सरकारले गर्दैन नि । त्यसैले आफ्नो लागि र परिवारको हितकोलागि पनि यो कदम चाल्न अनिवार्य आवश्यक छ ।’ उनले थपे,‘कोरोनाबाहेकका रोगका उपचार पनि गर्नुपर्छ । भोलि कोही सुत्केरी होलान्, त्यतिवेला के गर्ने ? पैसा सुरक्षित घरमा हुँदैन भन्ने लाग्छ भनेपनि आफ्नो घरको गाग्रीमा हालेर राख्नुहोस् । म विनम्र अनुरोध गर्दछु ।’

८. क–कसलाई सम्पर्क गर्ने

उनले यदि भोलि कोही कसैलाई कोरोना लागिहाल्यो भने क–कसलाई सम्पर्क गर्ने हो ? त्यो लिष्ट अहिले नै आफूसँग सुरक्षित राख्नपनि अपिल गरेका छन् । एम्बुलेन्सको नम्बर राखौं । साना गाडीहरुको नम्बर राखौं । चालकहरुको नम्बर राख्नुहोस् । विकल्पसहित तयारी गर्नुहोस् ।

९. सामाजिक बन्नुहोस्

व्यक्तिलाइृ केही भयो भने परिवार कसरी अघि बढ्ने ? सम्पूर्ण परिवार संक्रमित भए छिमेकीको सहायता लिने वातावरण बनाउनुपर्छ । कोरोनाबारे सचेतना आदानप्रदान गरौं ।

१०. छिमेकी र आफन्तलाई सापटी

छिमेकी र आफन्तलाई अप्ठ्यारो पर्यो भने सापटी दिने मनशाय बनाऔं । आवश्यक पैसा सोहीअनुसार राख्नुहोस् ।’

११. विदेशमा रहेका नेपाली नागरिक

भोलि यदि विदेशमा बस्ने नेपालीहरुलाई डिपोर्ट गर्ने अवस्था आयो भने तिनीहरुलाई कसरी नेपाल भित्र्याउने भन्नेबारे अहिले नै नागरिक उड्ययन मनत्रालयले तयारी थालोस् । यसमा पनि लापरवाही गर्ने होईन् ।

उनले विदेशमा भएकाहरुलाई डिपोर्ट गराउनुपर्ने अवस्था आए उनीहरुले गरिरहेको काम, तलब, व्यवस्थापन गर्नसमेत आग्रह गरेका छन् । ‘त्यसको पनि तयारी गरोस् । टिकट काट्ने अवस्था छैन् । सरकारले कसरी सम्बोधन गर्छ ? आफन्तलाई बोलाउन मन छ, तर टिकट काट्ने अवस्था छैन् । त्यसको पनि सरकारले कसरी सम्बोधन गर्छ ?’–उनले भने । विदेशमा भएका नेपालीहरुलाई भोलि खानाको समस्या आउनपनि सक्नेतर्फ उनले खतरा औंल्याए ।

उनले भने, ‘म सरकारलाई यसबारेमा पनि विशेष अनुरोध गर्न चाहन्छु, विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि सकेसम्म राजदूतावास छ भने त्यहाँ यदि नभए त्यहाँस्थित् विदेशी नियोगलाई निर्देशन दिनुहोस्, र तपाईहरुले पनि आफैं सम्पर्क गरेर आफ्नो समस्याको समाधान गनुृहोस् ।’

१२. नेपालमा भएका विदेशी नागरिक

कँडेलले नेपालमा भएका विदेशी नागरिकहरुलाई उनीहरुको देश फर्काउनुपर्ने अवस्था पनि आउनसक्नेतर्फ सरकारले आवश्यक कदम चाल्न अहिलेदेखि नै तयारी थाल्नुपर्ने सुझाव दिएका छन् । उनले भने, ‘सरकारले अहिले नै त्यसको लागि तयारी गरोस्।’ नेपालमा भएका विदेशीहरुको बारेमा भोलि नेपाल पुरै ठप्प भयो भने उनीहरुको अवस्था कस्तो होला ? त्यसको लागिपनि सरकारले बेलैमा ध्यान दिनुपर्ने कँडेलको भनाई छ । उनले भने,‘नेपाल घुम्न आएका धेरै विदेशीहरुको खाना खाने पैसा सकिएको छ । होटेलमा बस्ने पैसा छैन् । प्यस्तो बेलामा सरकारले उनीहरुको लागि पनि विशेष याकेज घोषणा गर्नुपर्छ ।’

अन्त्यमा, कँडेलले नेपालको आजको आवश्यकत्ता भनेको तत्काल नेपाली सेना परिचालन नै भएको सुनाउँदै त्यसको लागि सरकारले उपयुक्त कदम चाल्नुपर्ने अपिल गरेका छन् । ‘नेपाल तथा विदेशमा रहेका आम नेपाली नागरिकरुमा जे–जस्ता समस्या छन्, त्यसको समाधानको लागि म सहयोग गर्न तयार छु । आफ्नो ठाउँबाट सकेकोको काउन्सिलिङ पनि गर्छु । फेशबुक मेसेज, ईमेल, कमेन्ट बक्स, भाईबर, ह्वाट्सएप, लगायतका सामाजिक सञ्जाल र मसँग जोडिने नम्बर ९७७–९८०१०–१४५५३ मा सम्पर्क गनुृहोस् । मेसेजमार्फत सम्पर्क गर्न अनुरोध छ । सम्बन्धित निकायसँग म समस्याको समाधानको लागि पहल गर्नेछु । म यसमा प्रतिबद्ध छु ।’ कँडेलले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु