कोरोना कमजोर भाईरस हो, आत्मबिश्वासले परास्त गरौं : शिव अधिकारी (अबिरल)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ११ गते, मंगलवार १८:२९

चैत्र ११, काठमाण्डौ । छिमेकी मुलुक चिनबाट फैलिएको कोरोना भाईरस संक्रमितहरुको प्रभाव पछिल्लो केही सातायता युरोप,अमेरिका देखी दक्षिणपूर्वी एसियासम्म आईपुगेको छ । केही साताअघि दक्षिणी छिमेकी भारतमा समेत कोरोना संक्रमितको मृत्यु भएसंगै यसको पुष्टी भैसकेको छ । नेपालको उत्तरी छिमेकी चिनमा उत्पती भएर भारतमा समेत संक्रमितको मृत्यु भैसक्दा दुईदिन अघि मात्रै नेपालमा पनि कोरोना संक्रमणको आधिकारिक पुष्टी भएसंगै सरकार लकडाउनमा उत्रिएको छ ।

बिश्वभर कोरोना संक्रमणको आतंक बढ्दै जांदा ग्रीन जोनको रुपमा रहेको नेपालले तत्कालका लागि त्यो स्थीति गुमाएको छ । जटिल परिस्थीतिमा परिस्थीतिको निराकरण गर्न गरिने प्रयासहरुमा कमीकमजोरी प्रष्ट देखिने भएपनि सरकारले बिद्यालय, बिश्वबिद्यालय परिक्षा स्थगनदेखी हालैका दिनमा राजधानी काठमाण्डौ खाली गर्ने मनासायले ५ लाख भन्दा बढि नागरिकलाई राजधानी बाहिर पठाउन सफल भएको छ ।
अब कोरानाबाट बच्न दोस्रो चरणको साबधानीका रुपमा लकडाउन अपनाईको छ । लकडाउनको अर्थ तपाई जहां हुनुहुन्छ, त्यही रहनुस, र सुरक्षीत रहनुस भन्ने नै हो । यद्यपी कोरानाको आतंक बढ्दै जांदा नागरीकहरुमा मानसिक नैराश्यता त बढेकै छ, भ्याकेशनका रुपमा रमाईलो गर्ने र साथीभाईसंगको अनावश्यक भिडभाडको रमाईलो संगको लकडाउन संग कुनै सम्बन्ध छैन । यसर्थ सरकारले निर्देशित गरेका आचरणहरुको पालना गर्नु जरुरी छ । आफू सुरक्षीत रहेको खण्डमा देश नै सुरक्षीत हुन्छ, भन्ने मनोबिज्ञान लाई प्रत्येक नागरिकले बुझ्न सकेको खण्डमा कोरोनाबिरुद्धको सरकारको प्रयास र नागरिकको स्वास्थ्य दुबै सुरक्षीत हुन्छ ।
गर्नुपर्ने के त ?
फरक परिस्थीतीमा सरकारले गर्नुपर्ने प्रयासहरु कहिल्यै पनि पूर्ण हुन सक्दैनन, यो बिश्वव्यापी मान्यता हो । किनकी अमेरिकामा पनि निकट भबिश्यमा नै औषधी र मास्कको अभाव हुने समाचार कोरोनाबारे जानकारी राख्ने जोकोहीले बुझैकै बिषय हुन । यसर्थ सरकारले गरेका प्रयासहरुमा साथ दिदै व्यक्तिगत आचरण सुधार गर्नु आवश्यक छ । कोरोनाबाट बच्न सञ्चार माध्यम, नेपाल टेलिकम, एनसेल लगायतका नेटवर्कबाट सम्प्रेशित जानकारी मात्रैलाई अनुसरण गर्दा पनि धेरै हदसम्म बच्न सकिन्छ । अर्कोतर्फ काठमाण्डौबाट गांउ जानुभएको छ, घरमै बस्नुहोस, परिवारका सदस्यहरुसंग भलाकुसारी गर्नुहोस, फगत भिडभाड भन्दा परिवारका आवश्यक्ताको पहिचान र समाधान गर्ने यो उपयुक्त समय हुन सक्दछ ।
बर्षौदेखी धुम्रपान, मद्यपानमा लत लागेकाहरु समेतका लागि घरमै रहनुस भन्ने सरकारको निर्देशन एउटा उपयुक्त अवशर हुनसक्दछ, गलत लत त्याग्नको लागि । कम्तीमा कोशिस गर्नुहोस, सफल हुनुभयो भने तपाईको स्वास्थ्य र अनावश्यक भैरहेको खर्च दुबै रोकिनेछ ।
भिडभाडमा नगईसकेपछि तपाईलाई जोखिम पनि कम हुन्छ । तुलानात्मक रुपमा राजधानीमा रहनेहरुको सम्पर्क धेरै व्यक्तिसंग हुने गर्दछ । यस्तोमा पटकपटक हात धुन सम्भब नहुन सक्छ, यस्तो अवस्थामा पकेटमा स्यानिटाईजर राख्नुहोस, भिन्न बस्तु तथा चिजबिज छुनेबित्तिकै प्रयोग गर्नुहोस ।
गलत भ्रामक फेसबुके समाचार र जानकारीको पछि नलागी सुचनालाई केलाएर संयमित रहनुहोस ।
रुघाखोकी, ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने लगायत कुनैपनि स्वास्थ समस्या देखिने बित्तिकै तुरुन्तै चिकित्सकको मा जानुहोस ।
संयमित रहनुहोस, कोरोना कमजोर भाईरस हो, कोरोना लाग्दैमा मृत्यु हुने नभई, कमजोर आत्मविश्वासले हामीलाई मृत्युको मुखमा धकेल्न सक्छ ।
ताजा खानेकुरा र पर्याप्त पानी तथा शान्त रहनुहोस ।

–शिव अधिकारी अबिरल
अध्यक्ष, गन्तव्य नेपाल ग्रुप

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु