• घरभित्रै बसेर सहयोग गर्न महानगरवासीलाई काठमाडौं महानगरको आग्रह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १८:३९

    काठमाडौँ/ काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज अपिल जारी गरी महामारी नियन्त्रणका लागि सरकारले चालेको कदम स्वागतयोग्य छ भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर नआउन अनुरोध गर्नुभएको हो ।
    महामारी रोकथाम र निर्मूल गर्न सरकारले २०७६ चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशनको स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
    कोरोना सङ्क्रमणको आशङ्का भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि कामपाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राखिएको जनाइएको छ ।
    नागरिकलाई सहयोग गर्न कामपाको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना सङ्क्रमणको आशङ्का भएमा कामपाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्थासमेत मिलाइएको छ ।
    लकडाउन अवधिमा कुनै पनि नगरवासीले केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने जनाइएको छ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिको फोन नम्बर खुला राखिएको छः
    प्रमुख विद्यासुन्दर शाक्य – ९८५१२७९९००,
    उपप्रमुख हरिप्रभा खड्गी – ९८५१२७९८९९,
    वडाध्यक्ष ः १) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१,
    २) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
    ३) दीपक केसी – ९८५१२७९९०३,
    ४) मोहन विष्ट – ९८५१२७९९०४
    ५) रमेश डङ्गोल – ९८५१२७९९०५
    ६) दीपेन्द्र लामा – ९८५१२७९९०६,
    ७) शुद्ध डङ्गोल – ९८५१२७९९०७
    ८) दिनेशकुमार डङ्गोल – ९८५१२७९९०८,
    ९) रामकृष्णजयखु श्रेष्ठ – ९८५१२७९९०९
    १०) रामकुमार केसी. – ९८५१२७९९१०,
    ११) हीरालाल तण्डुकार – ९८५१२७९९११
    १२) विकास डङ्गोल – ९८५१२७९९१२,
    १३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
    १४) शोभा सापकोटा – ९८५१२७९९१४,
    १५) ईश्वरमान डङ्गोल – ९८५१२७९९१५
    १६) मुकुन्द रिजाल – ९८५१२७९९१६,
    १७) नवीन मानन्धर – ९८५१२७९९१७
    १८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८,
    १९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९,
    २०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०,
    २१) उदयचूडामणि बज्राचार्य – ९८५१२७९९२१
    २२) चिनीकाजी महर्जन – ९८५१२७९९२२,
    २३) मचाराजा महर्जन – ९८५१२७९९२३
    २४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४,
    २५) नीलकाजी शाक्य – ९८५१२७९९२५
    २६) ख्यामराज तिवारी – ९८५१२७९९२६,
    २७) चिनियाँमान बज्राचार्य – ९८५१२७९९२७
    २८) भाइराम खड्गी – ९८५१२७९९२८,
    २९) कुश ढकाल – ९८५१२७९९२९,
    ३०)दलबहादुर कार्की – ९८५१२७९९३०
    ३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ र
    ३२) नवराज पराजुली – ९८५१२७९९३२

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु