• नेपाली लोकपप गीत ‘डोली पियारी’को भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १९:३०

    काठमाडौँ – गायिका मेलिना राई र गायक बेदु सारु मगरको स्वरमा रहेको नेपाली लोकपप गीत ‘डोली पियारी’को भिडियो सार्वजनिक भएको छ ।
    गीतमा बेदुको संगीत रहेको छ भने रमेश घिमिरेको शब्द रचना रहेको छ । गीतमा ‘आलुजस्तै मल्टीच्वाईस प्रेम’को आह्वान गरिएको छ । गीतको भिडियोलाई प्रिन्सपन कार्कीले निर्देशन गरेका छन् । भिडियोमा रमेश घिमिरे, दिना घिमिरे, सागर कार्की र बिपना थापाको अभिनय रहेको छ । नरेश ऐरले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।
    भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु