काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या तीव्र गतिले बढिरहेको छ । मंगलबार मध्यरातिसम्म संक्रमित ४ लाख ९ हजार २९३ पुगेका छन् । ज्यान गुमाउनेको संख्या १८ हजार २७४ पुगेको छ ।
१ लाख ७ हजार मात्र निको भएका छन् ।१२ हजार ५ सय ४७ जना गम्भीर बिरामी छन् ।
इटलीमा ६ हजार ८२० को ज्यान गएको छ । नयाँ मृतक ७४३ भएका छन् । ६९ हजार १७६ जना संक्रमित छन् । मंगलबार ५ हजार २४९ जना संक्रमित थपिएका छन् ।
चीनमा ३२ सय ७७ को मृत्यु भएको छ । स्पेनमा २८ सयको ज्यान गएको छ । इरानमा १९ सय ३४ को ज्यान गएको छ ।
मृतक र संक्रमितको संख्या एकाएक बढेको हो । बेलायतमा ८७ नयाँ मृतकसहित मृतकको संंख्या ४२२ पुगेको छ । फ्रान्समा ८६० को ज्यान गएको छ ।
अमेरिकामा पनि ८१ नयाँसहित ६३४ जनाको ज्यान गएको छ । भारतमा १० जनाको ज्यान गएको छ भन ५१९ संक्रमित भएका छन् ।