प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

लकडाउनको दोस्रो दिन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १२ गते, बुधबार ०९:३१

काठमाडौं । कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

बिहानैदेखि काठमाडौंलगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्ले उपस्थिति रहेको छ ।

लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् ।

तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको छ ।

सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारावाही गरेको छ ।

त्यसैगरी अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड गर्नेहरुलाई पनि प्रहरीले तितरबितर पारेर घर फर्काएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु