बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १२ गते, बुधबार १५:५५

काठमाडौं। नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। हिजो राति प्राप्त भएको कोरोनाभाइरस परिक्षण रिपोर्टमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुष्टि गरेका छन्।
कोरोनाभाइरसको संक्रमण देखिएका बिरामीलाई काठमाडौंको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । संक्रमितको सबै कुरा गोप्य राखिएको छ। यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।
चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने फ्रान्सवाट आएकी युवतीको टेकुमै उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु