बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

अञ्जनाको गायन कलाको तारिफ गर्ने फ्यान–फ्लोवर्सको बृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १२ गते, बुधबार १६:१७

काठमाडौं। झरिलो मनमोहक मखमली आवाज अनि सुमधुर गायनकी धनी गायिका अञ्जना श्रेष्ठको स्टारमेकरमा व्यापक फ्यान–फ्लोवर्स बृद्धि भएको छ। नेपाली तथा हिन्दी गीत मज्जाले स्टारमेरकमा गाउंदैआएकी अञ्जनाको गायन कलाको तारिफ गर्ने फ्यान–फ्लोवर्सको बृद्धि भएको हो।

विशेषत नेपाली गीत गायनमा अञ्जु पन्तदेखि अरुणा लामासम्मका गीतलाई मखमली आवाजमा स्टारमेकरमा गाउंदैआएकी अञ्जनाले पछिल्लो समय भजन शिरोमणी भक्तराज आचार्यको गायन रहेको जहाँ छन्–बुद्धका आँखालाई पनि मज्जाले कुनैपनि शव्द नबिगारिकन शव्द–शव्दमा ध्यान दिएर गाएकी छन्।

जुन फिमेल भ्वाइसमा अत्यन्त सुहाएको छ। जसवाट पनि अञ्जनाको गायन–कलाको स्टारमेकरमा खुलेर तारिफ गर्नेहरुको भीड बढ्न थालेको हो। अर्कोतर्फ, हिन्दी गीत गायनमा आशा भोसलेका गीतहरु असाध्यै रुचाउने अञ्जनाको आवाजमा आशा भोसले पनि आएको छ।

स्टारमेकरमा कतिपयले अञ्जनालाई नेपाली आशा भोसले पनि भन्न थालिएको छ। हालसम्म स्टारमेकरमा ३ सयभन्दा बढी नेपाली तथा हिन्दी गीत गाइसकेकी अञ्जनाले कठिनभन्दा कठिन युगल गीत गाएर सवैलाई चकित पनि बनाइसकेकी छन्।
पेशाले हालसम्म व्यावसायिक गायिका नभएतापनि शौखले सानैदेखि गीत गाउंदैआएकी अञ्जनाको चाहना गीत गायन नै हो। स्टारमेकरले अञ्जनाको गायनको तिर्खालाई मेटाउने कार्य भएको छ।

यसलेगर्दा पनि पेशेवर गायिकाहरुले जस्तो गीत रेकर्ड गर्ने र गराउने कार्य भने हालसम्म अञ्जनाले नगरेको भिजन संसार डटकमलाई बताएकी छन्। निकट भविष्यमा मिलेमा सिङ्गल ट्राकमा भएपनि गीत रेकर्ड गर्ने योजना भने भएको अञ्जनाले भनेकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु