प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

राष्ट्रिय आविष्कार केन्द्रलाई रकम हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १२ गते, बुधबार १८:२८

काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ।
नेपाली जनसम्पर्क समिति साइप्रससहित संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारका नेपाली पनि पठाएको रकम नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
साइप्रस, युएई, कतार र साउदी अरेबियाबाट प्राप्त एक लाख ३५ हजार ४ सय ४१ रूपैयाँमा कांग्रेस प्रवक्ता तथा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख शर्माले १० हजार रूपैयाँ थपेर हस्तान्तरण गरेका हुन्।
‘कोरोना जस्तै प्रश्नमा नेपालको अनुसन्धान दक्षता बढाऔं भन्ने आग्रह साथ साइप्रसको नेपाली जनसम्पर्क समिति, साउदी, युएई र कतारमा रहेका साथीहरूले जम्मा गरेर पठाएको एक लाख ३५ हजार ४ सय ४१ रुपैयाँमा १० हजार थप गरेर आविष्कार केन्द्रमा पुगेर सुम्पिएँ, श्रदेय महावीर पुनलाई नेपाली मनले पठाएको धन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ,’ शर्माले भने।
महामारीको जोखिममा नेपालले केही योगदान गर्न सक्ने अभिप्रायले नै देश बाहिर रहेका नेपालीले आविष्कार केन्द्रलाई सहयोग गरेकाले यो कार्यमा आफ्नो पहलकदमी निरन्तर हुने आविष्कार केन्द्रका प्रमुख पुनले बताए।
‘सानो–सानो प्रयासबाटै ठूला आविष्कार सम्भव भएको हो, हामीले गरिरहेको काम सानो होला, सीमित स्रोतसाधन होला, आशा गनुपर्छ, विस्तारै दायरा फराकिलो हुनेछ,’ पुनले भने।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु