हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • लकडाउनको उल्लंघन गर्ने एक हजार बढी सवारी साधन नियन्त्रणमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार २१:२१

    काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले  कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १ हजार ६३ सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

    अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ९२९ वटा दुई पाङ्ग्रे र १३४ वटा साना तथा ठूला सवारी गरी जम्मा १०६३ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

    ती नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई सम्झाई बुझाई छाडिएको ढकालले बताए । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ ।

    अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु