काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४ लाख ६८ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट संक्रमितको संख्या ४ लाख ६८ हजार १२७ पुगेको छ ।
त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार १८० पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ठिक हुनेको संख्या एक लाख १३ हजार ८१० पुगेको छ ।
अहिलेसम्म धेरै मृत्यु हुने देशको अवस्था :
इटाली : इटालीमा अहिलेसम ७ हजार ५०३ जनाको मृत्यु भएको छ । इटालीको पछिल्लो अपडेट अनुसार २४ घण्टामा इटालीमा ६८३ जनाको मृत्यु भएको छ ।
त्यस्तै इटालीमा २४ घण्टामा ५ हजार २१० जना संक्रमित भएका छन् । योसँगै इटालीमा संक्रमितको संख्या ७४ हजार ३८६ पुगेको छ । त्यसैगरी इटालीमा अहिलेसम्म ९ हजार ३६२ जना ठिक भएका छन् ।
चीन : चीनमा अहिलेसम्म ३ हजार २८१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमित भएकाको संख्या ८१ हजार २१८ पुगेको छ । अब चीनमा कोरोना संक्रमित, जो अस्पतालमा छन्, उनीहरुको संख्या ४ हजार २८७ रहेको छ ।
स्पेन : स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६५६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा कुल संक्रमितको संख्या ४९ हजार ५१५ पुगेको छ ।
इरान : इरानमा अहिलेसम्म मृतकको संख्या २ हजार ७७ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २७ हजार १७ पुगेको छ ।
फ्रान्स : फ्रान्समा पछिल्लो २४ घण्टामा २३१ जनाको मृत्यु भएको छ । योसँगै फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ३१ पुगेको छ । त्यसैगरी फ्रान्समा कुल संक्रमितको संख्या २५ हजार २३३ पुगेको छ ।
अमेरिका : अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९३१ पुगेको छ । त्यसैगरी अहिलेसम्म संक्रमितको संख्या ६५ हजार ६५२ पुगेको छ ।
बेलायत : बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ९ हजार ५२९ पुगेको छ ।
नेदरल्याण्डस : नेदरल्याण्डसमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५६ पुगेको छ । त्यसैगरी कोरोना संक्रमितको संख्या ८५२ पुगेको छ ।
जर्मनी : जर्मनीमा कोरोनाबाट २०६ पुगेको छ । जर्मनीमा संक्रमितको संख्या ३७ हजार ३२३ पुगेको छ ।
स्विटजरल्याण्ड : स्विटजरल्याण्डमा अहिलेसम्म १५३ जनाको मृत्यु भएको छ । त्यस्तै १० हजार ८९७ जना कोरोनाबाट संक्रमित भएका छन् ।
बेल्जियम : बेल्जियममा अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ भने ४ हजार ९३७ जना संक्रमित भएका छन् ।
त्यसैगरी इन्डोनेसियामा ५८ जना, ब्राजिलमा ५९, टर्कीमा ५९, जापानमा ४५, स्वीडेनमा ६२, फिलिपिन्समा ३८, पोर्चुगलमा ४३, डेनमार्कमा ३४, अस्ट्रियामा ३०, इक्वेडरमा २८, इराकमा २९ जना, क्यानाडामा ३६ जना, सान मारिनोमा २१, ग्रीसमा २२ जना र इजिप्टमा २१ जना, अल्जेरियामा २१, मलेसियामा २० जना, नर्वेमा १४, रोमानियामा १७ जना र पोल्याण्डमा १४ जनाको मृत्यु भएको छ ।
दक्षिण एशिया :
भारत : भारतमा अहिलेसम्म ६५७ जना संक्रमित भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
नेपाल : नेपालमा अहिलेसम्म ३ जना संक्रमित भएका छन् भने दुई जना आइसोलेसनमा छन् भने एक जना ठिक भएका छन् ।
पाकिस्तान : पाकिस्तानमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने कुल १०६३ जना संक्रमित भएका छन् ।
बंगलादेश : बंगलादेशमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने ३९ जना संक्रमित भएका छन् ।
अफगानिस्तान : अफगानिस्तानमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ८४ जना संक्रमित भएका छन् ।
श्रीलंका : श्रीलंकामा अहिलेसम्म १०२ जना संक्रमित भएका छन् ।
माल्दिभ्स : माल्दिभ्समा अहिलेसम्म १३ जना संक्रमित भएका छन् भने ५ जना ठिक भएका छन् ।
भुटान : भुटानमा अहिलेसम्म २ जना संक्रमित भएका छन् ।