तिलोत्तमाले दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेलाई राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १३ गते, बिहीबार ११:३९

तिलोत्तमा- तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग समुदायलाई लक्षित गरी राहत घोषणा गरेको छ । सचिवालयको बैठकले लगडाउनबाट प्रभावित भइ दैनिक छाक टार्न समस्या भएका परिवारलाई राहत दिने निर्णय गरेको हो । पहिलो चरणमा यसरी साँझबिहानको छाक टार्न समस्या भएका प्रतिपरिवार दश किलो चामल र दुई किलो दाल उपलब्ध गराउने निर्णय तिलोत्तमाले गरेको हो ।

टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले राहत उपलब्ध गराउने प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । नगरपालिकाले दैनिक ज्यालामजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संस्था, कम्पनीलाई आफ्ना कामदारप्रतिको जवाफदेहिया निर्वाह गर्न समेत ध्यानकर्षण गराएको छ । सचिवालय बैठकले राहत वितरणलाई व्यवस्थित बनाउन उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । यसअघि हिजो नगरप्रमुखले नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका कारण कोही भोकै बस्नु नपर्ने भन्दै त्यसको जिम्मा स्थानीय सरकारले लिने उल्लेख गरेका थिए । उनको अभिव्यक्तिको सर्वत्र चर्चा भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु