• प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई ढुक्क भएर काम गर्न आग्रह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १८:२५

    काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । उनले आज ट्विटरमा एक सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्,”हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं । तपाईहरुकै सिफारिशका थप सामग्री उपलब्ध हुँदैछन् । धैर्य गरौं ।”

    कोभिड १९ को मानवीय संकटको एकजुट भएर सामना गर्नसमेत उनले आग्रह गरेका छन् । उनले अन्तिममा भनेका छन्,”सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं ।”
    रिपोर्टस नेपाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु