भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • कालोबजारी र कृत्रिम अभाव सृजना गरेको चाल पाए टोलफ्रि नम्बर ११४९ नम्बरमा फोन गर्न सर्वसाधारणमा अनुरोध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १९:११

    काठमाडौं । सरकारले कालोबजारी र कृत्रिम अभाव सृजना गरेको चाल पाए टोलफ्रि नम्बर ११४९ नम्बरमा फोन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । कोभिड–१९ फैलने सम्भावनालाई मध्यनगर गरी यही चैत ११ गतेदेखि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको अवस्थामा उपभोक्तामा सहज आपूर्तिको व्यवस्था गर्न सरकारले व्यवसायिलाई आग्रह गरेको छ ।

    “कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्य वस्तुको अभाव पार्ने गरेको देखिएमा तत्कालै खबर गर्न अनुरोध छ”, गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । वर्तमान जटिल घडीमा कुनै समस्या परे त्यसको समाधानका लागि गृह मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने टोलफ्रि नम्बर ११४९ मा फोन गर्न आग्रह गरिएको छ ।

    नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न छ बुँदे निर्णय गर्दै काठमाडौँ उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य बस्तु सबै विक्रेताले आआफ्ना डेलिभरी सवारीमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यसका लागि सवारी पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

    पसल सञ्चालन, माग सङ्कलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्नेछ । माग सङ्कलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै विक्रेताले आआफ्नो नम्बर उपलब्ध गराइ प्रचारप्रसार गर्न समेत भनिएको छ । फोन, अनलाईन र अफलाइनमार्फत माग सङ्कलन गरी आवश्यक दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न व्यवसायिलाई अनुरोध गरिएको छ ।

    दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनसबै वडा कार्यालयबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका तथा नगरपालिकाले मिलाउने जनाइएको छ । उपत्यका बाहिर रहेका अत्यावश्यक बस्तुका हकमा बिक्रेताले आवश्यक व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले सहयोग गर्ने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु