आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

खाद्यान्न, फलफुल तथा तरकारी भाटभटेनी सुपरमार्केटले होम डेलिभरी गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १३ गते, बिहीबार १९:५४

काठमाडौं /भाटभटेनी सुपरमार्केटले खाद्यान्न, फलफुल तथा तरकारी होम डेलिभरी गर्ने भएको छ । कोरोनाभाइरसको महामारी नियान्त्रण र रोकथामका लागि सरकारले देश लकडाउन गरेको छ । यो अवस्थामा सर्वसाधारणलाई खाद्यान्न तथा तरकारी खरिदका लागि सहज होस भनेर ग्रोसरीहरुलाई होम डेलिभरीको व्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै भाटभटेनीले यसको सुरुवात गरेको हो ।

गृह मन्त्रालयले ग्रोसरीहरुलाई डेलिभरी भ्यान मार्फत् खाद्यान्न, फलफुल तथा तरकारी घरघरमा र्पुयाउन निर्देशन दिएपछि भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्स एपबाट कल र म्यासेजमार्फत् यो सुविधा सुरु गरेको छ ।

भाटभटेनीले आफ्ना सवै स्टोरबाट खाद्यान्नलगायतका सामान उपलब्ध गराउने जनाएको छ । त्यसका लागि ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ मा फोन गरी अर्डर गर्ने व्यवस्था भाटभटेनीले गरेको छ ।

काठमाडौं उपत्यकाभित्र रहेका खाद्यवस्तुका सबै स्टोर एवम् बिक्रेताहरुले आ–आफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको हो । आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने पनि बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु