धनगढी : कोरोना संक्रमण फैलिएपछि धनगढीका तीन वटा अस्पताल तथा नर्सिङ होममा कार्यरत नर्सहरुलाई घरबेटीले कोठा छोड्न आग्रह गरेका छन् ।
सेती प्रादेशिक अस्पताल, निर्सग र माया मेट्रो अस्पतालमा कार्यरत नर्सहरुलाई उनीहरु डेरा गरी बसेका घरका घरधनीले कोठा छोड्न आग्रह गरेको सेती प्रादेशिक अस्पतालमा कार्यरत एक नर्सले बताईन ।
घरबेटीले आजदेखि कोठा छोड्न हामीलाई आग्रह गरेका छन्, सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्सले पश्चिम टुडेसंगको कुराकानीमा भनिन्, कोरोनाको संक्रमण नरोकिएसम्मका लागि तपाईहरु कोठा खाली गरिदिनुहोस । त्यतिबेला सम्म अस्पतालमै बस्नुहोस । नत्र तपाईहरुका कारण हामीलाई पनि कोरोना सर्छ ।
तीनै जना छुट्टाछुट्टै अस्पतालमा कार्यरत भएपनि एउटै घरमा डेरा गरी बस्छन् । कञ्चनपुरको महेन्द्रनगर घर भएका उनीहरु लकडाउनमा कही जान सक्ने अवस्था नै नभएको बेला घरबेटीले आजैदेखि कोठा छोड्न आग्रह गरेपछि अन्यौलमा छन् ।