बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

सरकारले कोरोना बारे जानकारी दिने नयाँ वेब पोर्टल एप्लिकेशन शनिबारदेखि सञ्चालनमा ल्याउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १५ गते, शनिबार ०७:५८

काठमाडौं ।सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ www.danphehealth.com सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टैल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, सूचना र ज्ञान सीप आदान प्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।
डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्र्मी तथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको बिषयमा जानकारीहरु ल्याइरहेको छ । यसैगरी सरकारले यस वेवसाइट मार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ’ उनले भने ।
आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ ।
डाँफे हेल्थ डकटकम लग इन गरे पछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।
उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यर्कीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताए । पोर्टल लञ्च गर्न सबै तयारी पुरा भएको बताएका आजै पोर्टल लाइभ हुने बताए ।
बाइटको लागि यो लिंकमा जान सकिन्छ ः जततउकस्ररथयगतग।दभरइष्व्मचत्तद्धच्ठथ्भ्
स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनको भिडियो प्रशारण यहाँबाट हेर्न सक्नुहुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु