शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

सरकारले नागरिकको चूल्हो निभेको पत्तो नपाउनु भएन ? अधिकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १५ गते, शनिबार ०९:४३

देशव्यापी लकडाउनको आज पांचौ दिन । शहरमा रहने नागरिकहरुका तुलनामा गाउँमा तुलनात्मक प्रभाव कम पर्ने रहेछ । यद्यपी राजधानी काठमाण्डौ र देशका शहरी इलाकामा बस्ने जनताहरुका लागि भने दिन बित्दै जांदा झनझन दैनिकी कष्टकर बन्दै गएको देखीएको छ । यद्यपी प्रकोप नियन्त्रणका लागि सरकारले गरेको प्रयासमा आजका मितिसम्म नागरिकले साथ दिएकै छन । बरु प्रहरी प्रशासन अत्यावश्यक काममा निस्केका नागरिकहरुका लागि समेत थप कठोर बन्दै गएको हामीले देखेकै हो । राजधानीको ठुलो जनसंख्याले राजधानी छोडीसकेको छ, यद्यपी कार्यव्यस्तताले समयमै निर्णय गर्न नसकेका धेरै मानिसहरु काठमाण्डौमै थुनिएका छन । उनीहरु गाउँ फर्कन त चाहन्छन, तर सरकारको एकोहोरो रटान यस्तो छ की सडकमा निस्कने बित्तिकै भाटेकारबाही । उनीहरु के उदेश्यका लागि निस्कीएका हुनसंग सरकारको जवाफदेहीता कही कतै जोडिएको पाईदैन । यहीबिचमा अलपत्र परेकाहरुका लागि बिभिन्न व्यक्ति तथा संगठनहरुले बिभिन्न स्थानमा फरक शैलीबाट सेवा प्रवाह भईरहेको पाउंदा अलिकता सन्तोषको स्थीति अझै बांकी छ । केही समयअघिमात्रै गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी अबिरलको पहलमा नुवाकोट घर भएका तर बिभिन्न कामले काठमाण्डौमा रहेका (अलपत्र परेकाहरुलाई) निशुल्क बस सेवामार्फत घर छोड्ने काम भयो । सेवा पाउनेहरुले अधिकारीलाई मुरीमुरी धन्यबाद पनि दिए । सरकारको अगाडी नागरिकका प्रयासको अंकगणित बलियो नहोला, तर प्रर्यन्तप्रतिको सम्मान जरुरी छ ।
सुरुवाती अवस्थामा कोरोनाका सन्र्दभमा नेपाल ग्रीन जोनमा थियो, अहिलेसम्म पनि आधिकारिक रुपमा संक्रमितको मृत्यु भईसकेको अवस्था छैन । हालसम्म ४ जनामा संक्रमणको पुष्टी भएको छ, १ जना उपचारपछि घर फर्किएका छन । लकडाउनको एकहप्ते अवधीमा २ दिन बांकी रहंदा नागरिकहरुमा भने कोरोनाको त्रास संगै नैराश्यता बढ्दै गएको छ । घरभित्रै थुनिनुपर्दाको पिडा र निरस त्रासका बिच नागरिकहरुको दैनिकी चलिरहेकै छ । यद्यपी यो अवधी कहिलेसम्म अबको प्रश्न यतातिर मोडिने निश्चीत छ ।
आम नागरिकको तहमा यसले पारेका प्रभावलाई बिभिन्न ढंगले बिश्लेषण भईरहंदा लकडाउन पछिको स्थीतिका सन्दर्भमा सरकारको भुमिकाप्रति तपाईको बुझाई के छ भनी गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अबिरलसंग सोधेका थियौ ।के छ त वहाँ को बिचार ?

लकडाउन कोरोनको त्रासलाई निर्मूल पार्नको लागि आवश्यक पनि छ । यद्यपी यही बिचमा कालोबजारी मौलाएको छ । न्यूरोडभित्रका ८, १० वटा पसलमा अनुगमन गरेर मात्रै सरकार पन्छिन, मिल्दैन । ग्यांस नपाए फलानो नम्बरमा फोन गर्नु भन्ने सरकारले नागरिकको चूल्हो निभेको पत्तो नपाउनु भएन ।

जब प्रतिकुल अवस्था आउंछ,

राज्यसंंयन्त्रका एकथरी व्यक्तिको लागि पर्व आए बराबर हुन्छ । व्यापक भ्रष्ट्राचार बढेको छ । अर्कोर्फ कोरोना रोकथामका लागि लकडाउन अवधी बढ्ने भन्ने हल्ला गरिदैछ । भाको पेटले नियम नमान्न सक्छ, यस्तोमा बिश्वका सबै देशहरुले बिपन्न नागरिकहरुका लागि खाद्यन्नको जोहो गरिरहंदा सरकार मुकदर्शक बन्ने स्थीति किन ?

मुख्यतः भर्खरै बिदेशबाट आएका, छिमेकी भारतबाट आएका परिवारका सदस्यहरुलाई धरपकड गर्ने, त्रास पैदा गर्ने स्थीति सबैतिर देखीएको छ । नेपाल प्रवेश गर्दा नै गर्नुपर्ने तयारी परिवारसंग मिलन भैसकेपछि गरिदैछ । यस्तोमा यस्तो हल्लाबाजी व्यक्तिबिशेष आक्रमण सिवाय अरु केही होईन । सत्य यही हो, अबको उपचार नवआगन्तुक सदस्यलाई घरमै सेल्फ क्वारेन्टाईनमा राख्नु जरुरी छ । किनकी परिस्थीति अप्ठेरो छ भन्दैमा कसैलाई अनावश्यक लाञ्छाना लगाउन मिल्दैन । यसमा स्थानिय जनप्रतिनिधीको भुमिका पनि देखीनपर्यो, भन्ने मेरो बुझाई हो ।

समाजको एउटा बर्ग कोरोना लाग्यो भने संसारै सकियो भनेजसरी समाजमा हौवाको स्थीतिको पैदा गर्न लागिरहेको छ । यसो हुन भएन । सरकारले लकडाउन गर्दै गर्दा आम समाचारमाध्यमले संक्रमितको संख्यामा मात्र होईन, उपचारपछि घर फर्किएका बिरामीमा पनि ध्यान दिनपर्यो । भन्न खोजिएको संक्रमणको हौवा मात्रै होईन, उपचार पनि संभव छ भनौं ।
अहिले धेरै नागरिकहरुमा मानसिक रुपमा नैराश्यता छाएको छ, यदी यो समय लामो समयसम्म रह्यो भने त्यो व्यक्ति र समाज दुबैका लागि घातक बन्छ भन्ने कुरा बुझौं ।

यसको मतलब कोरोनालाई वेवास्ता गर्नुपर्छ भन्ने होईन, संयमित बनौं, भन्न खोजिएको हो । सबै नागरिक सभ्य शिक्षीत हुन्छन भन्ने छैन, यस्तोमा अतिआवश्यक काममा रहेका व्यक्तिहरु वा बिनाजानकारी बाटोमा निस्कीएका नागरिकहरुलाई प्रहरी प्रशासनबाटै धरपकड र कुटपिट गर्ने गरिएको छ । राज्यलाई यस्तो गर्न सुहाउंदैन । एकातिर कोरोनाबाट जोगिन भिडभाडमा नजाउ भन्ने सरकार अर्कोतर्फ बाटोमा भेटिएकालाई जथाभावी गाडीमा कोचेर बलप्रयोग गर्नु सुहाएन ।

राजनीतिक दलका पार्टीका भातृसंगठनहरुको भुमिका पनि प्रभावकारी हुन सकेको छैन । जनचेतना जगाउने नाममा अन्य नागरिकसरह हौवाबाजीमै केन्द्रित भईरहंदा बिपन्न नागरिक र अन्य समस्यामा परेकाहरुका लागि उनीहरुको सक्रियता देखिएन ।

मुलुक लकडाउन भनिएको छ, तर कारोबार ठप्प भैसक्दा पनि व्यावसायीहरुलाई यही बिचमा बैङ्कको ताकेता उस्तै छ, यसमा सरकारको ध्यान खै, कि पैसा संकलन गर्नेहरुलाई मुलुकको परिस्थीतिले छुंदैन ?

अझैपनि काठमाण्डौबाट बाहिर स्थायी बसोबास भएकाहरु बाहिरीन चाहन्छन, उनीहरुलाई बाहिरीने बातावरण बनाउनु राज्यको कर्तव्य हो । सुन्दा सामान्य लाग्ला, यही बेला गांउमा परिवारका सदस्य सिकस्त हुंदा आफू काठमाण्डौमा थुनिएर बस्नुपर्दाको पिडा फगत हौवा फैलाउनेहरु र निर्दयी प्रशासनलाई थाहा छैन । अतिआवश्यक मात्र होईन, मानबताको पनि रक्षा होस ।
मानबिय संबदेनालाई सर्बोपरी ठानेर सरकारले कदम चाल्नुपर्छ । नेपाली संसारभरी जहां बसेपनि नेपाली नै हुन भन्ने बुझ्न जरुरी छ, हिजो रेमिट्यान्समा आनन्द उठाउने सरकारले आज अप्ठेरो पस्थिीतिमा घर फर्किएकाहरुमाथि प्रहार गर्नु भएन, संयमित हुनुपर्यो । कोरोना बिरुद्धको अभियानमा सरकार र नागरिक दुबैको सहयोग जरुरी छ । यसैमा सबैको ध्यान पुगोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु