नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १५ गते, शनिबार १७:१५

काठमाडौं– नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् ।

उनको स्थायी ठेगाना बाग्लुङ भएको बताइएको छ । हाल उनलाई धौलागिरी अस्पतालमा राखिएको छ ।

पाँचौ केसको रुपमा कोरोना संक्रमण देखिएकी युवती यसअघि दोस्रो केसका रुपमा कोरोनाको संक्रमण देखिएकी १९ वर्षीया किशोरीसँगै कतारको दोहाबाट एउटै जहाजमा नेपाल आएकी थिइन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो । जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया कोरोना संक्रमण देखिएको हो ।

उनीहरु कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट चैत ४ गते काठमाडौं आइपुगेका थिए ।

नेपालमा कोराेना संक्रमण देखिएका ५ जनामध्ये १ जना उपचारपछि निको भइसकेका छन् । २ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु