‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

४४ डाक्टरसहित इटलीमा एकैदिन ९१९ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १५ गते, शनिबार १८:२९

काठमाडौं । इटालीमा कोरोना भाइरस संक्रमणको कारण शुक्रबार ४४ जना डाक्टरसहित ९१९ जनाको मृत्यु भएको छ । यो सँगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । सैनिक परिचालन गरेर दुई सातासम्म जनतालाई घरमा राखेका कारण उत्तरी क्षेत्रमा संक्रमण केही कम भएको छ । पोप जन तेइसौं अस्पतालका अनुसार ‘अहिले पनि संक्रमितको संख्या उच्च छ तर पछिल्लो दिनमा बृदिद्धर कम छ ।’ यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान गएसँगैमृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमित संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।

यस्तै एकैदिन अमेरिकामा ३१२ जनाको ज्यान गएको छ । यससँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । शुक्रबार एकैदिन १७ हजार २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु