दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लकडाउन कोरोनको त्रासलाई निर्मूल पार्नको लागि आवश्यक छ :अधिकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १६ गते, आईतवार १०:४९

देशव्यापी लकडाउनको आज छैटौं दिन शहरमा रहने नागरिकहरुका तुलनामा गाउँमा तुलनात्मक प्रभाव कम पर्ने रहेछ । यद्यपी राजधानी काठमाण्डौ र देशका शहरी इलाकामा बस्ने जनताहरुका लागि भने दिन बित्दै जांदा झनझन दैनिकी कष्टकर बन्दै गएको देखीएको छ । यद्यपी प्रकोप नियन्त्रणका लागि सरकारले गरेको प्रयासमा आजका मितिसम्म नागरिकले साथ दिएकै छन । बरु प्रहरी प्रशासन अत्यावश्यक काममा निस्केका नागरिकहरुका लागि समेत थप कठोर बन्दै गएको हामीले देखेकै हो । राजधानीको ठुलो जनसंख्याले राजधानी छोडीसकेको छ, यद्यपी कार्यव्यस्तताले समयमै निर्णय गर्न नसकेका धेरै मानिसहरु काठमाण्डौमै थुनिएका छन । उनीहरु गाउँ फर्कन त चाहन्छन, तर सरकारको एकोहोरो रटान यस्तो छ की सडकमा निस्कने बित्तिकै भाटेकारबाही । उनीहरु के उदेश्यका लागि निस्कीएका हुनसंग सरकारको जवाफदेहीता कही कतै जोडिएको पाईदैन । यहीबिचमा अलपत्र परेकाहरुका लागि बिभिन्न व्यक्ति तथा संगठनहरुले बिभिन्न स्थानमा फरक शैलीबाट सेवा प्रवाह भईरहेको पाउंदा अलिकता सन्तोषको स्थीति अझै बांकी छ । केही समयअघिमात्रै गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा समाजसेवी शिव अधिकारी अबिरलको पहलमा नुवाकोट घर भएका तर बिभिन्न कामले काठमाण्डौमा रहेका (अलपत्र परेकाहरुलाई) निशुल्क बस सेवामार्फत घर सम्म पुर्याउने काम गरेका समाजसेवी एवम् राष्ट्रिय पर्यटन पत्रकार संघ काे केन्द्रीय अध्यक्ष तथा रसुवा नुवाकोट नेपाल पर्यटन समाज का महासचिव , गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अबिरल सङ्ग हाम्रो प्रतिनिधिले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।

• एकाएक कसरी यो महामारीको अभियानमा जोडिनु भयो ?

सरकारको अगाडी हामी जस्ता नागरिकको प्रयासको अंकगणित बलियो नहोला, तर प्रर्यन्तप्रतिको सम्मान जरुरी छ। यहीँ कुरालाई बुझेर आफ्नो देशप्रतीको दायित्व पुरा गरेको हु। सबले भन्छन् देशले के गर्यो त हामीले र मैले गरे भन्ने कुरापनि महत्त्वपूर्ण रहन्छ । देशमा मात्र नभई बिश्वभरी नै कोरोना भाइरस एउटा महामारीको रुपमा फैलिएको छ। एकाएक जब देशैभरी हल्ला फैलियो अब लकडाउन हुन्छ यातायातको चाप बढयो,टिकटमा कालोबजारी सुरु भो जुन गरिब परिवार, विद्यार्थी र डेरा गरेर बस्ने लाई समस्या पर्यो त्यहीँ सन्दर्भमा मैले मेरो तर्फबाट यातायातको व्यवस्था गरेर सकेको व्यक्तिहरुलाई सहयोग गरे ।

•तपाई पर्यटन सङ्ग जोडिएको व्यक्ति कोरोनाको भाइरसको अवस्था बारे के भन्नू हुन्छ ?

सुरुवाती अवस्थामा कोरोनाका सन्दर्भमा नेपाल ग्रीन जोनमा थियो, अहिलेसम्म पनि आधिकारिक रुपमा संक्रमितको मृत्यु भईसकेको अवस्था छैन । हालसम्म ५ जनामा संक्रमणको पुष्टी भएको छ, १ जना उपचारपछि घर फर्किएका छन । लकडाउनको एकहप्ते अवधीमा २ दिन बांकी रहंदा नागरिकहरुमा भने कोरोनाको त्रास संगै नैराश्यता बढ्दै गएको छ । घरभित्रै थुनिनुपर्दाको पिडा र त्रासका बिच नागरिकहरुको दैनिकी चलाउनु पर्ने बाध्यता छ ।

•आम नागरिकको तहमा यसले पारेका प्रभावलाई बिभिन्न ढंगले बिश्लेषण भईरहंदा लकडाउन पछिको स्थीतिका सन्दर्भमा सरकारको भुमिकाप्रति तपाईको बुझाई के छ ?

लकडाउन कोरोनको त्रासलाई निर्मूल पार्नको लागि आवश्यक पनि छ । यद्यपी यही बिचमा कालोबजारी मौलाएको छ । न्यूरोडभित्रका ८, १० वटा पसलमा अनुगमन गरेर मात्रै सरकार पन्छिन, मिल्दैन । ग्यांस नपाए फलानो नम्बरमा फोन गर्नु भन्ने सरकारले नागरिकको चूल्हो निभेको पत्तो नपाउनु सरकारको लाचारीपन हो ।जब प्रतिकुल अवस्था आउंछ,राज्यसंंयन्त्रका एकथरी व्यक्तिको लागि पर्व आए बराबर हुन्छ । व्यापक भ्रष्ट्राचार बढेको छ । अर्कोतर्फ कोरोना रोकथामका लागि लकडाउन अवधी बढ्ने भन्ने हल्ला गरिदैछ। भोका पेटले नियम नमान्न सक्छ, यस्तोमा बिश्वका सबै देशहरुले बिपन्न नागरिकहरुका लागि खाद्यन्नको जोहो गरिरहंदा सरकार मुकदर्शक बन्ने स्थीति किन ?
मुख्यतः भर्खरै बिदेशबाट आएका, छिमेकी भारतबाट आएका परिवारका सदस्यहरुलाई धरपकड गर्ने, त्रास पैदा गर्ने स्थीति सबैतिर देखीएको छ । नेपाल प्रवेश गर्दा नै गर्नुपर्ने तयारी परिवारसंग मिलन भैसकेपछि गरिदैछ । यस्तोमा यस्तो हल्लाबाजी व्यक्तिबिशेष आक्रमण सिवाय अरु केही होईन । सत्य यही हो, अबको उपचार नवआगन्तुक सदस्यलाई घरमै सेल्फ क्वारेन्टाईनमा राख्नु जरुरी छ । किनकी परिस्थीति अप्ठेरो छ भन्दैमा कसैलाई अनावश्यक लाञ्छाना लगाउन मिल्दैन । यसमा स्थानिय जनप्रतिनिधीको भुमिका पनि देखीनपर्यो, भन्ने मेरो बुझाई हो ।

समाजको एउटा बर्ग कोरोना लाग्यो भने संसारै सकियो भनेजसरी समाजमा त्रासको स्थिती पैदा गर्न लागिरहेको छ । यसो हुन भएन । सरकारले लकडाउन गर्दै गर्दा स्वास्थ्य मन्त्रालयले नियमित रुपमै प्रेस बक्तब्य जारी गर्दा संक्रमितको संख्यामा मात्र होईन, उपचारपछि घर फर्किएकाको तथ्यांक,कोराएनटाइनमा भएका आइसोलेसनमा भएका व्यक्तिको पनि तथ्यांक सार्वजनिक गर्न जरुरी छ।भन्न खोजिएको संक्रमणको हौवा मात्रै होईन, उपचार पनि संभव छ भनौं ।

• यो लकडाउन अझै लम्ब्याउने सरकारले तयारी गर्दैछ यस विषयमा तपाईं के भन्न चाहनुहुन्छ ?

अहिले धेरै नागरिकहरुमा मानसिक रुपमा नैराश्यता छाएको छ, यदी यो समय लामो समयसम्म रह्यो भने त्यो व्यक्ति र समाज दुबैका लागि घातक बन्छ भन्ने कुरा बुझौं । लकडाउन नगरौ भन्न खोजेको होईन । कोरोनालाई वेवास्ता गर्नुपर्छ भन्ने पनि होईन, संयमित बनौं, भन्न खोजिएको हो । सबै नागरिक सभ्य शिक्षीत हुन्छन भन्ने छैन, यस्तोमा अतिआवश्यक काममा रहेका व्यक्तिहरु वा बिनाजानकारी बाटोमा निस्कीएका नागरिकहरुलाई प्रहरी प्रशासनबाटै धरपकड र कुटपिट गर्ने गरिएको छ । राज्यलाई यस्तो गर्न सुहाउंदैन । एकातिर कोरोनाबाट जोगिन भिडभाडमा नजाउ भन्ने सरकार अर्कोतर्फ बाटोमा भेटिएकालाई जथाभावी गाडीमा कोचेर बलप्रयोग गर्नु सुहाएन।राजनीतिक दलका पार्टीका भातृसंगठनहरुको भुमिका पनि प्रभावकारी हुन सकेको छैन । जनचेतना जगाउने नाममा अन्य नागरिकसरह हौवाबाजीमै केन्द्रित भईरहंदा बिपन्न नागरिक र अन्य समस्यामा परेकाहरुका लागि उनीहरुको सक्रियता देखिएन ।मुलुक लकडाउन भनिएको छ, तर कारोबार ठप्प भैसक्दा पनि व्यावसायीहरुलाई यही बिचमा बैङ्कको ताकेता उस्तै छ, यसमा सरकारको ध्यान खै, कि पैसा संकलन गर्नेहरुलाई मुलुकको परिस्थीतिले छुंदैन र
राज्यले अब लकडाउनको समयलाई थप्दै गर्दा दैनिक ज्यालादारी गर्ने मजदुर डेरा गरेर बसेका बिद्यार्थी र परिवार लागाएत विषयमा सोचेर मात्र गरोस् ती व्यक्तिहरुको लागि उचित राहत प्याकेजको व्यवस्था गरोस्।

•अन्त्यमा सरकार र आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?

अझैपनि काठमाण्डौबाट बाहिर स्थायी बसोबास भएकाहरु बाहिरीन चाहन्छन, उनीहरुलाई बाहिरीने बातावरण बनाउनु राज्यको कर्तव्य हो । सुन्दा सामान्य लाग्ला, यही बेला गांउमा परिवारका सदस्य सिकस्त हुंदा आफू काठमाण्डौमा थुनिएर बस्नुपर्दाको पिडा फगत हौवा फैलाउनेहरु र निर्दयी प्रशासनलाई थाहा छैन । अतिआवश्यक मात्र होईन, मानबताको पनि रक्षा होस ।
मानबिय संबदेनालाई सर्बोपरी ठानेर सरकारले कदम चाल्नुपर्छ । नेपाली संसारभरी जहां बसेपनि नेपाली नै हुन भन्ने बुझ्न जरुरी छ, हिजो रेमिट्यान्समा आनंद उठाउने सरकारले आज अप्ठेरो परिस्थिति घर फर्किएकाहरुमाथि प्रहार गर्नु भएन, संयमित हुनुपर्यो । कोरोना बिरुद्धको अभियानमा सरकार र नागरिक दुबैको सहयोग जरुरी छ यसैमा सबैको ध्यान पुगोस।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु