चैत १६ काठमाडौ । कोराेनाका भाइरसका कारण विश्व नै त्रसित छ। नेपालमा पनि हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा एक जना निको भएर फर्किसकेका छन्।
अहिले मुलुक नै लकडाउनमा छ। कोरोनाबाट बच्न मास्कको प्रयोग गर्न,साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा गर्न भनिएको छ। आज सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र ,काठमाडौ महानगर पालिका चार नम्बर वडा को आयोजना मा टुँडालदेवी मन्दिर परिसरमा सर्वसाधारणलाई २ सय ५० थान मास्क निःशुल्क वितरण तथा का.म.पा. चार नम्बर वडा सदस्य दिनेश महर्जनको उपस्थिति मा किटनाशक औषधि छकिएको छ ।
सामुदायिक सेवा केन्द्र का अध्यक्ष राम प्रसाद न्याैपाने ले बजारमा मास्कको अभाव बढ्दै वडाबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने उदेश्य ले सर्वसाधारणलाई निःशुल्क मास्क वितरण बताए ।
महानगरपालिका वडा नम्बर ४ का प्राय सवै टोलहरुमा डिस्इन्फेक्सन स्प्रे अर्थात किटनाशक औषधि छर्कने कार्य भएको जानकारी वडा सदस्य दिनेश महर्जनले दिएका छन्। वडा सदस्य महर्जनका अनुसार, वडामा आवश्यक राहत सामाग्री लगायत वितरण गर्ने कार्य भैरहेको छ।
त्यसको अलावा शहरी समस्या भनेको घरको चुल्हो बाल्न आवश्यक खाना पकाउने ग्याँसलाई सहज रुपमा उपलव्ध गराउन आवश्यक कार्य गरिरहेको जानकारी पनि वडा सदस्य महर्जनले दिएका छन्।
महानगरीय प्रहरी वृत कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक भरतबाबु बिकले लकडाउनको छैठौ दिनमा नेपाल प्रहरीले लकडाउन उलंघन गर्नेहरुलाई दुई घण्टा होल्ड गरेर सामाजिक सचेतना दिएको व्यापक प्रभावकारी भएको बताएका छन्। कोरोनाभाइरस महामारीलाई रोक्न नेपाल प्रहरी अत्यन्त क्रियाशीलपूर्वक कर्तव्यमा लागेको जानकारी पनि प्रहरी नायक उपरिक्षक बिकले बताएको छन्।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीकी प्रहरी सहायक निरिक्षक कल्पना थापाका साथमा प्राज्ञिक विद्यार्थी परिषद नेपालका देवराज रिजाल लगायतको सहयोग रहेको थियो