• चैत्र २५ सम्म देशभर लकडाउन लम्ब्याउने निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार २१:२३

    काठमाडौ, १६ चैत्र । सरकारले २५ चैत्रसम्म देशभर लकडाउन लम्ब्याएकोछ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
    सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामका लागि लकडाउन लम्ब्याउने निर्णय गरिएको बताए । उनले विमानस्थल ३ वैशाखसम्म अझै बन्द रहने समेत बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु