आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • सरकारले कोरोना भाइरस बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार ०८:४६

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तै,खाद्यान्न तर्फ खाद्य संस्थानले दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय बैठकले गरेको छ ।

    सरकारले लकडाउन अवधिभर श्रमिक र दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेकालाई लकडाउन अवधिभर निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो खाद्यान्न स्थानीय निकाय र प्रदेश सरकारले उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राहत प्याकेजको निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका हुन् । अर्थतन्त्रमा देखिएको समस्यालाई दृष्टिगत गरी राहत घोषणा गरेको खतिवडाले बताए ।

    स्थानीय तहले राहत दिनुपर्ने पहिचान गरी श्रमिकहरुको लगत तयार गर्ने, स्थानीय तहले दैनिक खाद्य आवश्यकता पुग्ने गरी लकडाउन अवधिभर उपलब्ध गराउने खतिवडाले बताए ।

    मुख्य निर्णयहरु

    स्थानीय तह र प्रदेशले कोष खडा गरी राहत उपलब्ध गराउने ।

    रकम अपर्याप्त भएमा नेपाल सरकारको कोषबाट उपलब्ध गराउनेछ ।

    चैत्र महिनाको पारिश्रमिक ज्यालादारी अग्रिम दिने, श्रमिकलाई तत्काल दिने ।

    सामाजिक सुरक्षा कोषमा सरकार आफैले जम्मा गरिदिने निर्णय गरेको छ ।

    इन्टरनेट र डाटा प्याकेजमा २५ प्रतिशत छुट । विद्युत महशुलमा २५ प्रतिशत छुट ।

    फागुन र चैत्रको रकम वैशाख मसान्तमा बुझाए जरिवाना नलाग्ने । क्वारेन्टाइनमा राखिनेलाई स्थानीय तह र संघीय सरकारले व्यहोर्ने ।

    २५ लाखको स्वास्थ्य विमा, कोरोनासम्बन्धि उपकरण निःशुल्क ।

    एक महिनाको विद्यालयको शुल्क आधा मात्र दिने ।

    घरबहाल आधा मिनाहा गर्न अनुरोध गर्ने ।

    मिनाहामा घरबहाल कर नलिने ।

    मूल्य अद्धिवृद्धि कर तिर्ने समय वैशाख २५ सम्म थप ।

    नेपाल राष्ट्र बैंकले पुर्नकर्जा कोषलाई ६० अर्ब बनाएर कोभिड १९ प्रभावित क्षेत्रमा प्रवाह गर्ने

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु