कारोना भाइरसको कारण विश्वभर ज्यान गुमाउने को संख्या ३४ हजार नजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १७ गते, सोमबार २०:१७

काठमाडौं, १७ चैत । कारोना भाइरसको कारण विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै सङ्क्रमित छन् भने उपचारपछि निको भएका घर फर्कका छन् ।

एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६ सय ६१ मानिस सङ्क्रमित भएकामा एक लाख ५० हजार ९ सय ३९ जना उपचारपछि निको भएर घर फर्कका हुन् ।
विश्वभर पाँच लाख ३५ हजार सात सय ९६ जनाको उपचार भइरहेको छ भने ३३ हजार ९ सय २६ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटलीमा १० हजार सात सय ७९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको संख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ६ हजार आठ सय तीन पुगेको छ ।

यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकैदिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने एक लाख ४१ हजार एक सय ६९ जनामा कोरोना भएको पुष्टि भएको छ । विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ ।

कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएपछि अमेरिकाको जनजीवन त्रस्त बनेको छ । सरकारले आधिकारिकरुपमा ‘लकडाउन’ घोषणा गरेको छैन । तर, पनि स्वैच्छिकरुपमा धेरै मानिसहरु घरभित्रै बस्न थालेका छन् । अत्यावश्यक वस्तुहरुको सेवा प्रभाव भने रोकिएको छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु