शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

प्रिय!!! मैले थाहै नपाई तिमीलाई माया गरे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १८ गते, मंगलवार ०६:४१

प्रिय!!!
मैले थाहै नपाई तिमीलाई माया गरे
तिमी प्रती आकर्षित भए
तिमी प्रति मन मनै समर्पित भए।।
तिमीले थाहा पाउदैनौ प्रिय
म थुप्रै पटक तिमीलाई एक्लै पछ्याए
मेरो मन मन्दिरमा सजाएर
तिमीसंगैका सपनासजाए।
मैले मेरो एक्लो स्वतन्त्रता प्रयोगा गरे,
तिमीले थाहा सम्म पाएनौ
तर मैले तिम्रो नाममा, तिमी बिना
एक्लै लुट्नु मज़ा लुटे।।
दुनिया मलाई एकलै देख्थे
तर प्रिय
मैले तिमी संग
हजारौ माईलको यात्रा गरी सकेकि छु।।
कसैले देखोस वाँ भेटोस को कुरा होईन
मतिमीलाई कति चाहन्छु
मुख्य कुरा यहि हो।
मैले सिन्दुर लगाईन
अरुले जस्तै
चुरा बजाईन ।।
तर
मैले पनि चुलो संहालेकि छु,
बिहानै भान्सा उतारेकि छु।
मैले पकाएको खाना चिसो हुन्जेल
कसैलाई पर्खेर नबसे पनि
थुप्रै पटक मैले चिसो खाना खाएकि छु।
चिसो खाना खान
कसैलाई पर्खनुनै पर्छ भन्ने छैन।
मेरो एकाग्रता र मौनताले
थुप्रै पटक तिमीलाई पर्खेर
खाना डढाएको र चिस्याएको छ।।
तिमी मान या नमान
म तिमी संग थुप्रै पटक
जिन्दगीको सन्तुष्टि लुटेकी छु।
मलाई कहिल्यै पश्चाताप छैन
तिमीले मेरा यि सबै हर्कत थाहा नपाएकोमा।
कहिल्यै तिम्रो मायाको अपेक्षा गरीन
मात्र तिम्रो मायाको अनुभव गरे।
कहिल्यै तिम्रो संसर्ग र सहवासको अपेक्षा गरीन
मात्र तिम्रो सामिप्यताको अनुभूति गरे।
जिवन जिउनलाई संगै होइन
सहानुभाव चाहिने रहेछ।।
समागम होईन
सम भाव अनुभुत हुनुपर्ने रहेछ।
तिम्रो यो साथ-साथबाट
मैले मेरै जिवन जिए ।
मलाई तिमी प्रति गुनासो छैन
सायदै तिमीलाई पनि??
मैले स्वयम्वर गरीन,
चिन्ता नगर मेरो हातमा औठी छ
स्वयंवर गरीन
मलाई पोतेको एलर्जी छ।
सिन्दुर लगाईन
मलाई रंगहरू प्रति घृणा छ
साडी लगाईन
मलाई असाध्यै झिजो लाग्छ।
पाँच मिनट एकाग्र नहुने म
तिमी संग जग्गे बसिन ।
म भित्रिए तिम्रो घर
मेरो जन्म घर छोडेर पर।
म भित्रदा,
बाजा गाजा वा भोज थिएन
थियो त केवल मेरो सन्तुष्टि ।।
म जन्मदै छोरी,
हुर्किदै अपांगता
खेल्न बन्देज पढ्नु पर्ने
आफैएक्लै बाच्न सिक्नु पर्ने।
दाजु भाईलाई बावुको संपत्ति संरक्षित
दिदी बैनीलाई बाँ संरक्षित,
पछि
राम्रो केटो खोजेर बिहे गरि दिए संरक्षित हुन्छन्
म ….,,
न बावुको सम्पतिमा हक न कसैलाई सुम्पने आसा,
पाल्तु तर फ़ाल्तु म!!!
म बाच्नलाई आफै कमाउन पर्ने
नत्र आफै त्रसित जिवन।।
हो यसै डर संगै हुर्केकी म
म डराएरै हुर्के
जवर्जस्त पढे र बढ़े।
मैले आर्जन गरेको घरमा
तिम्रो प्रतिबिम्ब संझदै
मेरै खुशिले भित्रिए।
म निर्धक्क जिउन पाउछु तिमी संग
अं तिमी संग
प्रिय मेरो अदृश्य प्रेमी!!
२०७६/१२/१७
देवु पराजुली

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु