चैत १८, काठमाडौ ।मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन,
भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हुँदैन।
साहित्यकार डा। कृष्णहरि बरालले लेखेका माथिका गीतबाट नै मानिस जहाँ गए पनि मर्न छ भने मर्न बाट कसैले छेक्न सक्दैन भन्ने स्पष्ट हुन्छ । यतिबेला विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ कारण विश्वका सबै व्यक्तिको जीवनयापन गर्न बाधा उत्पन भएको छ ।
समस्याले चारैतिर चेपिएको बेला राष्ट्रिय संस्कार धाम, नेपालका अध्यक्ष रामहरि
अधिकारीले आफुले भ्याएसम्म नेपाली जनताको घरदैलो गरेर जनताको सेवामा समर्पित हुने धारणा व्यक्त गर्नुभएको छ ।
२०७२ वैशाख १२ को विनाशकारी भुकम्पमा अध्यक्ष अधिकारीले गर्नुभएको सहयोग खुसी साथ ग्रहण गरेको भन्दै यो पटक पनि खुसी साथ घरदैलो गरेर आपतकालीन अवस्थामा जनताको सहयोगी हात बनेर दुखमा मलहम लगाउने बिचार व्यक्त गर्नुभएको छ । जनताको दुखमा आफूलाई पनि दुस्खको अनुभूति हुने गरेको बताउदै अध्यक्ष अधिकारीले कोरोना महामारीबाट निम्तिएको कष्टकर दैनिक जीवनलाई सहजीकरण बनाउन यसपालि काठमाडौं क्षेत्र नं ५ प्रदेश क २,४ र ५ र प्रदेश ख का।म पा ३ लगायत बुढानिलकण्ठ ३,४,५,६, र ७ र टोखा २,३,४,५, ६ र ७ का लागि अभाव आपूर्ति अभियानू स्थापना गर्नुभएको जानकारी दिनुभयो। अभाव आपूर्ति अभियान अन्तर्गत रहेर उहाले ग्यास , दैनिक उपभोगका समान , औषधि सहजीकरण गर्न आफू तत्पर भएर लागेको समेत जानकारी दिनुभएको छ ।
आपतकालीन अवस्थामा हटलाइन ,
भाइबर, मेसेन्जर कल र म्यासेज मार्फत आफ्नो समस्या जनाउन पाउने व्यवस्था गर्दै उहाले तलका नम्बरहरुको माध्यम बाट समस्या व्यक्त गर्न आग्रह गर्नुभएको थियोे ।
नम्बरहरु
९८५१०६११८५,
९८०३०६११८५
९८५१०६५५७१