दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८०

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १८ गते, मंगलवार ९:३८

काठमाडौं / संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ३७ सय १५ जनाको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८० पुगेको छ। संक्रमितको संख्या सात लाख ८४ हजार ३ सय ८१ पुगेको छ। यो सोमबार बिहान पाैने ७ बजेसम्मको तथ्यांक हो।

गएको २४ घन्टामा यसको संक्रमणबाट स्पेनमा सबैभन्दा बढी ९ सय १३ जनाको मृत्यु भएको छ।

यो सँगै स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ। त्यहाँ अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ।

स्पेनपछि सोमबार सबैभन्दा धेरै इटालीमा ८ सय १२ जनाको मृत्यु भएको छ। इटालीमा संक्रमितको संख्या एक लाख नाघेको छ। त्यहाँ अहिलेसम्म एक लाख १ हजार सात सय ३९ जना संक्रमित भएका छन्।

अमेरिकामा गएको २४ घन्टामा कोरोना संक्रमणबाट पाँच सय ६५ जनाको मृत्यु भएको छ।

त्यहाँ हिजो एकैदिन करिब २० हजार नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ। त्यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म ३१ सय ४१ जनाको मृत्यु भएको छ।

फ्रान्समा कोरोना संक्रमणबाट सोमबार ४ सय १८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ३ हजार नाघेको छ भने साढे ४४ हजारभन्दा धेरै संक्रमित भएका छन्।

त्यसैगरी युकेमा सोमबार कोरोना संक्रमित १८० जनाको मृत्यु भएको छ। त्यहाँ २२ हजार १ सय ४१ जना संक्रमित छन्।

त्यसैगरी इरानमा सोमबार कोरोना संक्रमित ११७ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या २७ सय ५७ र संक्रमितको संख्खा ४१ हजार ४ सय ९५ पुगेको छ।

त्यस्तै जर्मनीमा सोमबार एक सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या ६६ हजार ८ सय ८५ पुगेको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

त्यहाँ सोमबार एकैदिन यसको संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ १२ सय ५१ जनामा यसको संक्रमण देखिएको छ।
अर्को छिमेकी देश चीमा सोमबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। त्यहाँ ३१ जना नयाँ संक्रमित थपिमएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा ३३ सय ४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु