• कतारमा क्वारेन्टाइनमा रहेका कामदारले पूरा तलब पाउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १३:५६

    काठमाडौं । कतारको प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आप्रवासी कामदारको समस्याको लागि हटलाइन सेवा सुचारु गरेको छ । कामदारले आफ्नो समस्या ९२७९७ मा ५ लेखि आफ्नो कतारी आइडी नम्बर अथवा भिसा नम्बर हालेर म्यासेज पठाउन सक्नेछन।

    यस नयाँ सेवा कामदार संग सम्पर्क गरि विभिन्न भाषामा उनीहरुको समस्या राख्न सुचारु गरिएको मन्त्रालयको सहायक सल्लाहकार मुहम्मद हस्सन अल ओबैदलीले आज भएको पत्रकार सम्मेलनमा बताएका छन् ।

    त्यस्तै कोरोना भाइरसका कारण कतार बाहिर रहेका कामदारको सकिएको भिसा भाइरसको महामारी सकिए पश्चात आफै नवीकरण हुने र कामदारले बिना जरिवाना कतार आउन पाउने पत्रकार सम्मेलनमा बताईएको छ ।

    क्वारेन्टाइनमा रहेका कामदार तथा अन्य कर्मचारीले पुरा तलब सहित अन्य सुविधा पाउने मन्त्रालयले बताएको छ

    कोरोनाबाट कतारमा थप १ को मृत्यू, ७८१ संक्रमित, ८८ जना संक्रमित भएको पुष्टि, नेपाली समुदाय लगायत आम सर्वसाधारणको समस्या समाधानमा नेपाली संघहरु निरन्तर क्रियाशील

    कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज एक जनाको मृत्यू भएको छ। यो संगै कतारमा मृत्यू हुनेको संख्या २ पुगेको छ। त्यस्तै आज थप ८८ जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ७ सय ८१ पुगेको छ ।

    त्यस्तै आज मात्र ११ जना पूर्ण निको भएका छन्। यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या ६२ पुगेको छ । आज सम्म २२ हजार ३ सय ४९ को जाँच भएको छ । संकास्मत लक्षण देखिएका विरामीहरुलाई निकै चनाखो र अभियान नै चालेर दिनहुँ परिक्षण गरिएको छ।

    कोरोना भईरस न्यूनीकरण गर्नको लागि कतार सरकारले विभिन्न भाषामा हरेक दिन सूचना प्रकाशन प्रशारण तथा माईकिङ्ग गरेर सबैलाई सचेत पारिरहेको छ।

    खाद्यान्न लगायतको समस्या समाधानको लागि कतार च्यारिटी मार्फत नेपाली समुदायलाई गैर आवासीय नेपाली संघ, नेपाली व्यवसायी संघ लगाएतका सस्थाहरु निरन्तर लागि रहेका छन्। अहिले सम्म कुनै पनि नेपाली समस्यामा परेका छैनन्।

    कुनै समस्या परे तत्काल खबर गर्न उक्त संघहरुले आह्वान गरेका छन्। जसका लागि संघको फेसबुकमा वा सम्बन्धित संघमा फोन वा म्यासेज गर्न सकिने छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु