चैत १७ काठमाडौ । कोराेनाका भाइरसका कारण विश्व नै त्रसित छ। नेपालमा पनि हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा एक जना निको भएर फर्किसकेका छन्।
अहिले मुलुक नै लकडाउनमा छ। कोरोनाबाट बच्न मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा गर्न भनिएको छ।
कल्याणकारी स्वयं सेवक संघ नेपाल को पहलमा बूढानीलकण्ठ -११ जगडोलमा स्वयंसेवक संघ बुढानिलकण्ठ का सचिब शंकरराज न्यौपाने, सहसचिव राजेश पौडेल र सदस्य शिव भण्डारीद्वारा नुवाकोट घर भइ बूढानीलकण्ठ ११ जगडोलमा डेरा गरि बस्ने सुशीला बस्नेत,उदयपुर गाईघाट घर भइ जगडोल बस्ने धुर्व कार्की र कालिकोट जिल्ला घर भइ सोही स्थान बस्ने उर्मिला न्यौपाने त्यसै स्थान आसपास ज्यामी काम गरि परिवारको पालनपोषण गर्दै आएकोमा लकडाउनको कारण मजदुरी गर्न नपाई खाने राशन सामाग्रीको अभावमा भोकै बस्नुपर्ने अवस्था सिर्जना भएकोलाई चामल, दाल, चिनी, नुन तेल लगायत खाद्यान्न वितरण गरिएको हो।
त्यस्तै संस्थाका केन्द्रिय अध्यक्ष अक्कल तामाङ, सदस्य जगत निरौला र सावित्री कडेलले खोटाङ घर भइ हाल बूढानीलकण्ठ १० बसोबास गर्दै आएका ४० बर्षिय रत्न बहादुर राना मगरलाई खाद्यान्न सामाग्री वितरण गरेकाछन्। निज रत्नबहादुर दुवै मृगौला फेल भएका पिडित व्यक्ति हुन् ।