• विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ हजार १ सय ६९ जना पुग्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार २२:०४

    काठमाडौं / चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरसका कारण विश्वका २ सय भन्दा बढी देश प्रभावित भएका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ हजार १ सय ६९ जना पुगेको छ ।

    त्यस्तै विश्वभरमा कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ८ लाख ८४ हजार १ सय ९० पुगेको छ । त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित १ लाख ८५ हजार १ सय ८० जना निको भइसकेका छन् ।

    कोरोनाका कारण अमेरिकामा सबैभन्दा बढी प्रभाव परेको छ । ओरिकामा हालसम्म संक्रमित हुनेको संख्या १ लाख ८८ हजार पुगेको छ । भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । त्यस्तै अमेरिकापछि कोरोनाबाट इटाली र स्पेन पनि प्रभावित बनेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु