लकडाउनको आज दशौं दिन देशभरका मुख्य शहर सुनसान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २० गते, बिहीबार ०९:४६

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज दशौं दिन हो। आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । तर, पछिल्लो दिन लकडाउन उल्लंघन गर्नेहरुको संख्या बढेको छ ।

सरकारले अर्को मंगलबारसम्मका लागि लकडाउनको अवधि बढाएसँगै धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन्। गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ ।

यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । डाउन उल्लंघन गर्नेलाई होल्ड गर्ने अभियानले तिव्रता पाएको छ ।

बिहीवार बिहानदेखि ८ बजेसम्मममा काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ८ सय २३ जनालाई होल्डमा राखिएको महानगरिय प्रहरी कार्यालयले जानकारी दिएको छ।

कार्यालयकाका अनुसार लकडाउन उल्लंघन गर्ने ६ सय ६३ जना पुरुष तथा १ सय ६० जना महिलालाई होल्डमा राखिएको छ । यस्तै १ सय ४० वटा सवारी साधनलाई पनि होल्डमा राखिएको छ ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु