आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • युवा व्यवसायी ओझाद्धारा २६ विपन्न परिवारलाई खाद्यान्न सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १६:५५

    चितवन – भरतपुरका-१२ का युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले २६ विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन् । लकडाउनका कारण दैनिक ज्याला मजदुर गरेर खाने देवघाट क्षेत्रका परिवारलाई ओझाले सहयोग गर्नुभएको हो ।

    ओझाले देवघाट क्षेत्र विकास समितिका पदाधिकारी समक्ष एक हप्तालाई पुग्ने दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गर्नुभएको थियो । बितरणपछि बोल्दै ओझाले लकडाउनका कारण सबैभन्दा बढी मर्कामा ज्याला मजदुरहरु परेकोले राहत स्वरुप खाद्यान्न सहयोग गरिएको बताउनुभयो ।

    सुजन प्लानिङ एण्ड कन्सट्रक्सनका अध्यक्ष समेत रहेका ओझाले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उनीहरुलाई वितरण गरिएको बताउनुभयो । देश नै संकटमा रहेको अवस्थामा एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुपर्ने भन्दै अन्य वडाहरुमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक कार्यमा पनि उतिकै सक्रिय ओझाले यस अघि लकडाउनलाई लक्षित गर्दै भरतपुर महानगरपालिकाका विभिन्न वडामा रहेका विपन्नहरुलाई सहयोग गरिसक्नु भएको छ ।

    वितरण कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबू घिमिरे, देवघाट टोल विकास समितिका अध्यक्ष मुकुन्दशरण सिग्देल, सचिव मधु अधिकारी ,भरतपुर महानगरपालिका वडा नम्बर १ का सदस्य शुक्रकुमार श्रेष्ठ ,अस्थायी प्रहरी पोस्ट देवघाटका असई कारी रावत लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु