• साधना लघुवित्त वित्तीय संस्थाद्धारा कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि रु ४ लाख रुपैंया आर्थिक सहयोग प्रदान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १८:११

    गोर्खा ।बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ (नोभल कोरोना भाईरस) को जोखिमले पारेको असहज परिस्थितिलाई मध्यनजर गरी कोरोना भाइरस सङक्रमण रोकथामको लागि प्रभावित मानिसहरुको स्वास्थ्य परिक्षण गर्न गराउनको अतिरिक्त लकडाउनको कारण दैनिक उपभोग्य बस्तुको जोहो गर्न समेत धौ धौ परेको समूदायलाई खाद्यन्यको ब्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको उचित ब्यवस्थापन गर्न स्थानिय निकायहरुलाई कठिन परेको यस सम्बेदनशिल घडिमा यस साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गोरखा जिल्ला स्थित गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी ८ वटा स्थानिय निकायलाई रु ५० हजारको दरले कूल रु ४ लाख रुपैंया राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ । जसमध्ये गोरखा नगरपालिकाको लागि प्रदान गरिएको रु ५० हजारको चेक आज गोरखा नगरपालिकामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले नगर प्रमुख श्री राजन राज पन्तलाई हस्तान्तरण गर्नुभयो । सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख पन्तले गोरखा जिल्लामा केन्द्रीय कार्यालय राखी यहाँका विपन्न समूदायलाई आर्थिक रुपले सशक्त बनाउने कार्यमा प्रभावकारी भूमिका खेल्दै आएको यस साधना लघुवित्तले सामाजिक रुपमा पनि सक्रिय भई गोरखा नगरपालिका लगायत विभिन्न गाउँपालिका हरुलाई गरेको आर्थिक सहयोग प्रति हार्दिक आभार प्रकट गर्नुभयो । यस प्रकारको सहयोगले कोरोना भाईरसको संक्रमणको महामारी नियन्त्रण गर्न, महामारीवाट प्रभावित विपन्न समूदायलाई राहातको ब्यवस्था गर्न तथा संक्रमण पिडितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने बिश्वास गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु