भक्तपुर, २१ चैत्र – मुलुक लकडाउन भएको आज एघारौ दिन पुगेको छ । यस विषम परिस्थितीमा दैनिक ज्याला मजदुरी गरेर जिवन गुजारा गरिरहेका सुर्य विनायक नगरपालिका वार्ड न. ५ मा अस्थायी बसोबास गरी रहेका ५० जना श्रमिकहरुको पहिचान गरि उनीहरुलाई एक परिवारको लागी १ महिनाको राशनको सहयोगको शुरुवात गरिएकोछ । वडा कार्यालयको समन्वयमा रोटरी क्लब अफ भादगाँउका संस्थापक अध्यक्ष मनोज कुमार कँडेल र ५ न. वडाका सदस्य बासुदेव पोख्रेलले संयुक्त रुपमा आज चैत्र २० गते बाट वितरणको शुरुवात गरेका हुन । रोटरी क्लब अफ भादगाँउको आर्थिक सहयोगमा वितरित राहत प्याकेज अन्तर्गत एक परिवारको लागी चामल ३० केजी , दाल ३ केजी, नुन २ पाकेट, तेल २ लिटर, मस्यौरा १ केजी, चिनी १ केजी र साबुन ३ पिस उपलब्ध गराईएको थियो । रोटरी क्वलका संस्थापक अध्यक्ष मनोज कुमार कँडेल जानकारी दिए ।यस कार्यक्रमलाइ विस्तार गर्दै मुख्यतयः विरामी, सुत्केरी र बुढाबुढी रहेको र दैनीक ज्यालादारी गरि खाने श्रमिकहरुको पहिचान गरेर वितरण गरिने कुरा कडेलले जानकारी दिए ।